|

बुधबारदेखि हराइरहेका श्रीमतीको शव भेटियो, श्रीमान् अझै बेपत्ता

सोलुखुम्बु, साउन १४- गत बुधबारदेखि हराइरहेका चौँरीखर्क नाबुक बस्ने श्रीमान्/श्रीमतीमध्ये श्रीमतीको शव भेटिएको छ |
बुधबार दूध बिक्री गरेर फर्कने क्रममा हराएका फुदोर्जी शेर्पा र लाक्पादिकी शेर्पामध्ये श्रीमती लाक्पादिकीको शव शनिबार साँझ हाँडीखोलामा भेटिएको इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी नायब निरीक्षक प्रेमप्रसाद निरौलाले जानकारी दिए।

चौरीपालन व्यवसाय गर्ने श्रीमान्/श्रीमती हराएपछि गाउँलेले खोजतलास गर्दा श्रीमतीको शव र श्रीमानले लगाएको पाइन्ट र बोकेको झोला पनि खोलाले बगाएर केही तल भेटिएकाले उनको पनि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृत भेटिएकी शेर्पाको शव मुचुल्का तयार गरी प्रहरीले आफन्तलाई जिम्मा लगाइसकेको छ भने श्रीमानको पनि खोजी भइरहेको छ। रासस

Posted by Butwalonline on 5:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुधबारदेखि हराइरहेका श्रीमतीको शव भेटियो, श्रीमान् अझै बेपत्ता"

Leave a reply