|

गुल्मीका दुई बालक निस्ती खोलामा बगेर बेपत्ता


गुल्मी साउन १६ - माछा मार्न खोला गएका गुल्मीका दुई बालक खोलामा बगेर बेपत्ता भएका छन् । सोमबार साँझ खोला गएका गुल्मीको हस्तिचौरका दीपक बिक र प्रकाश विकलाई निस्ती खोलाले बगाएर बेपत्ता पारेको हो । साँझ करिब ६ बजेतीर नजिकैको निस्ती खोलामा माछा मार्न शङकर विकसँगै गएका ५ जना बालक मध्ये उनका छोरा दीपक र मामा घर आएका प्रकाशलाई खोलाले बगाएको हो ।

बगेर बेपत्ता भएका उनीहरुको स्थानीय बासिन्दाले खोजी गरे पनी फेला नपरेपपछि आज बिहानैदेखि खोजी कार्य जारी राखेका छन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मीका दुई बालक निस्ती खोलामा बगेर बेपत्ता"

Leave a reply