|

मनीषाको डिभोर्स...!!

नयाँदिल्ली , श्रावण १४ - 'आमा बन्न एकदम मन छ तर थाहा छैन, आफैंले सन्तान जन्माउँछु वा धर्मसन्तान पाल्छु,' महिना दिनअघि नायिका मनीषा कोइरालाले भारतीय सिने म्यागजिन 'फिल्म फेयर' सँगको कुराकानीमा भनेकी थिइन् । दुई वर्षअघि नेपाली व्यवसायी सम्राट दाहालसँग लगनगाँठो कसेकी मनीषा त्यसपछि बारम्बार समाचारमा छाइरहिन्, आफूभन्दा ६ वर्ष कान्छा पतिसँगको खटपटको हल्लाले ।

यतिबेला फेरि भारतीय सञ्चारमाध्यमले मनीषाको डिभोर्सको समाचार प्राथमिकताका साथ प्रसारण गरेका छन् । 'अमर उजाला' ले विवाहबाट बेखुस मनीषाले पतिसँग डिभोर्स गरेको उल्लेख गरेको छ । उक्त सञ्चारमाध्यमले मनीषा निकट सूत्रको हवाला दिँदै भनेको छ- 'मनीषा यतिबेला मुम्बईमा छिन् तर पनि उनलाई सम्बन्धविच्छेद गर्दाको अलिकति पनि दुःख छैन ।' अमर उजालाले दाबी गर्दै भनेको छ, 'उनीहरूले एक हप्ताअघि नै अलग हुने निर्णय गरेका थिए ।निर्णय लिन मनीषा नेपाल घर पुगेकी थिइन् ।

'सम्राटसँग काठमाडौंमै शाही रबाफमा विवाह गरेकी मनीषाले आफ्ना केही बलिउड साथीभाइलाई समेत निम्त्याएकी थिइन् । तर विवाहको हनिमुन पिरियडलगत्तै सञ्चारमाध्यममा छाएका दुईको नकारात्मक समाचारले उनी तनावमा थिइन् । विवाहपछि बलिउड छोडेर गुपचुप बसेकी उनी पुनः बलिउडमा फर्किएकी छन् । 
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मनीषाको डिभोर्स...!!"

Leave a reply