|

राजेश हमालको विहे नभई म कसैसँग विहे गर्दिन


राजेश हमालका लागि मरिहत्ते गर्ने फ्यानको कुनै कमी छैन् । उनैसँग बिहे गर्न रुचाउने पनि धेरै छन् । तर हमालले यी सवै फ्यानको चाहनालाई बेवास्ता गर्दै यतिखेर बिराटनगरतिरकी एक २५ बषिर्य युवतीसँग डेट गरिरहेको खवर आइरहेका छन् । आगामी बर्ष बिहे गर्ने तयारीमा रहेका हमालले उनको मायामा बरफझैं पग्लिन थालेको समेत बताउने गरेका छन् । तर, यसैवीच अर्की एक युवतीले राजेश हमालसँग आफुले बिहे गर्न पाउनुपर्ने बताएकी छिन् । साढे २ बर्षको उमेरदेखि राजेशलाई मन पराउन थालेकी अभिरुची बुढाथोकी यतिबेला १९ बर्षकी पुगेकी छिन् । यसपटक नेपालीखबरका लागि बिजय आवाजले अभिरुचीसँग राजेशसँगको आर्कषणबारे कुराकानी गरेका छन् ।

कतिवर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?

यस्तै, साढे २ वर्षको थिएँ । त्यतिवेलादेखि उहाँप्रतिको मेरो चाहना वढेको हो ।

त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव वढ्यो ?

ममी र दिदी सिनेमा हेर्न जानु भएको थियो । त्यतिवेला राजेश हमालले अभिनय गरेको चलचित्र गोपीकृष्ण लागिरहेको थियो । सिनेमा हेर्दै जाँदा भिलेनले उहालाई छुरी हानेको दृश्य थियो । त्यो दृश्य हेर्दै जाँदा म वेहोस भएर ढलेछु । पछि, अस्पतालमा पुर्याउँदा डक्टरले राजेश हमाललाई भेटाउनुपर्छ भनेछन । यसपछि, ड्याडि, मामा र अंकलले मलाइ हमालसँग भेटाउनुभयो । भेटमा मैले उहाँलाई म तपाईसँग विहे गर्छु भनेकी थिएँ ।

विहे गर्छु भन्दा के भन्नुभयो राजेश जी ले ?

उहाँले मलाई सधै नै प्रोत्साहन दिने काम गर्नु भयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोंचेको पुरा हुन्छ भन्नुभएको थियो ।

यसपछि कतिपटक भेट भयो राजेशसँग ?

त्यसपछि कतिपटक भेट भयो मलाइ नै याद छैन् । तर, उहाँले मलाई प्रायः चोभारमा सुटिङ हुँदा वोलाउनुहुन्थ्यो ।

अयन्त्र भेट भएन ?

प्रायः उहाँले गीतको सुटिङ हुनेबेला गीतको वेलामा उहाँ नायिकासँग अंगालो मार्दा मलाई रिस उठिहाल्थ्यो । कतिपटक त मैले नायिकाहरुलाई हात हालेकी छु ।


बाफ रे कति धेरै क्रेजी हुनुभएको उहाँप्रति ?

मलाइ थाहा छैन । तर, मलाइ उहाँले जे गरेपनि मनपर्छ । उहाँ नाचेको, वोलेको, हाँसेको सवै कुरा मन पर्छ ।

अझै पनि राजेशसँगै बिहे गर्ने भन्नेमा ढुक्क हुनुहुन्छ ?

पहिले जस्तो विहे नै गर्नुपर्छ भन्ने कुरामा म अडिग छैन । किनकी, सवै सम्वन्धको अन्तिम विन्दु विहे नै होईन । तर, हमालले आएर म तिमीसँग विहे गर्न चाहन्छु भनेर प्रपोज गर्नुभयो भने म तयार छु ।

उहाँको प्रेमीका छ भन्ने थाहा छ ?

किन थाहा नुहनु ? सवै कुरा थाहा छ । प्रेमिकाको नाम पनि थाहा छ, यहाँ भन्नुपर्छ भन्ने लाग्दैन ।

प्रेमीका छ भन्ने सुन्दा रिस उठ्दैन ?

जतिवेला म उहाँसँग विहे गर्छु भनेर जिद्धि गर्थे त्यतिवेला पनि उहाको प्रेमीका छ भन्ने मलाइ थाहा थियो । १४ वर्षको उमेरदेखि नै युवतीसँगको सम्वन्धमा छु भनेर उहाँले मलाई भन्नु भएको थियो ।

प्रेमीका छ भन्ने थाहा पाएरै विहे प्रतिको तपाईको क्रेज घटेको हो ?

कृपया मलाइ हमालको प्रेमीकासँग तुलना नगर्नुहोस् । किनकी, हिजो पनि म हमालको फ्यान थिए, आज पनि छु र भोलि पनि रहिरहनेछु ।

तपाई पनि तरुनी भइसक्नु भो, प्रेममा पर्नुभएको छैन ?

आजसम्म छैन ।

तपाईको विहे राजेश हमालसँग भएन भने के गर्नुहुन्छ ?

तर, उहाँको विहे नभई म कसैसँग विहे गर्दिन । यो उमेरसम्म पनि उहाँको विहे नहुँदा चाहिं मेरै लागि पर्खेको हो कि जस्तो लाग्छ ।

कहिलेसम्म रहन्छ हमालप्रतिको यस्तो क्रेज ?

सधैभरि । भोली मेरो अन्तै विहे होला, त्यो बेला छोराछोरी वोकेर उहाँलाई भेट्न जानेछु ।
साभार  ऑनलाइन खबर 

Posted by Butwalonline on 6:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजेश हमालको विहे नभई म कसैसँग विहे गर्दिन"

Leave a reply