|

एकीकृत माओवादीद्वारा सोमबार चितवन बन्दको आव्हान


भरतपुर, असार १८ - एकीकृत माओवादीले सोमबार चितवन बन्द आव्हान गरेको छ । दुई दिन अगाडि पार्टी कार्यालयको विषयमा भएको झडपमा नेकपा-माओवादीका कार्यकर्ताले गोली चलाएको भन्दै दोषीलाई पक्राउ गर्न बन्द आव्हान गरिएको हो ।

भरतपुर कृष्णनगर-६ स्थित जिल्ला पार्टी कार्यालयमा दाहाल र वैद्य पक्षीय दुवै माओवादी पार्टीले दावी गरेपछि दुई पक्षबीच हिंसात्मक झडप भएको थियो ।

त्यही क्रममा त्रिचोकमा भएको झडपमा गोली चल्दा एकिकृत माओवादीका कार्यकर्ता उत्तम गुरुङ र सूर्य तामाङको तिघ्रामा गोली लागेको थियो । उनीहरुको भरतपुर स्थित अस्पतालमा उपचार भइरहेको छ । बिरोधमा संस्थापन पक्षले हिजो पनि भरतपुरको चौबिसकोठीमा चक्काजाम गरेका थिए । बन्दका कारण आज चितवनमा बजार, यातायात, कलकारखाना र शैक्षिक संस्था ठप्प छ ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 6:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एकीकृत माओवादीद्वारा सोमबार चितवन बन्दको आव्हान"

Leave a reply