|

युरो कप फुटबल २०१२ को उपाधि स्पेनलाई

काठमाण्डौ असार १८-इटालीलाई ४–० गोलले स्तब्ध पार्दै  युरो कप फुटबल २०१२ को उपाधि स्पेनले जितेको छ । गएराती युक्रेनको किभ रंगशालामा  भएको फाइनल खेलमा इटालीलाई चार सुन्य गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधिमाथि कब्जा जमाएको हो ।  स्पेनले यो जितसंगै दोस्रो पटक यूरो कपको उपाधिमाथि कब्जा जमाएको हो । खेलको सुरुवात देखि नै इटालीलाई दवावमा राखेको स्पेनले खेलको १४ औ मिनेटमा  सेस फेर्विगासको सटिक पासलाई सर्दुयोग गर्दै डेभिड सिल्भाले आकर्षक गोल गर्दै  टोलीलाई अग्रता दिलाए ।

खेलअवधिभर एकपक्षीय आक्रमणलाई जारी राखेको स्पेनिस टोलीका लागि जोर्डी अल्बाले ४१ औ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा इटालीको फितलो प्रदर्शनको मौका छोप्दै स्पेनिस खेलाडीले पोष्ट आक्रमणलाई निरन्तरता दिए । दोस्रो हाफमा सेस फेर्बिगासलाई प्रतिस्थापना गर्दै मैदान छिरेका  टोरेजले ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

त्यसको ४ मिनेपछि नै स्पेनका जाउन माटाले टोलीका लागि चौथो गोल गरे । जितसंगै स्पेनले लगातार तेस्रो ठूलो उपाधि उचालो । यसअघि स्पेनले सन् २००८ मा यूरोकप र सन् २०१० मा  विश्वकपको उपाधि उचालेको थियो ।
समाचार ऑनलाइन खबर 

Posted by Butwalonline on 6:50 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युरो कप फुटबल २०१२ को उपाधि स्पेनलाई"

Leave a reply