|

तीन दिनअघि अपहरित खानेपानी कर्मचारी बेहोस भेटिए


लहान, असार २१- लहानबाट तीन दिनअघि अपहरित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक सहायक बालगोविन्द यादव हिजो बिहान भारतमा बेहोसी अवस्थामा भेटिएका छन्।

बिहार राज्यको मधुवनी, खुटौना ग्राम पञ्चायतस्थित पुलमूमि हातखुट्टा बाँधिएको र आँखामा पट्टि लगाएको बेहोस अवस्थामा उनी फेला परेका हुन्।

ठाडी सशस्त्र प्रहरी बोर्डर आउटपोस्टका प्रहरी निरीक्षक रामजंग पाण्डेका अनुसार खुटौना मन्सापुर सडक खण्डको बलुवाटोलको पुलमुनि हात पछाडि फर्काएर बाँधिएको, खुट्टा पनि बाँधिएको र आँखा गम्छाले बाँधिएको अवस्थामा उनी फेला परेका हुन्। सिरहा भगवानपुर-४ का चन्देश्वर साहले शौच गर्न गएका बेला उनलाई देखेपछि खुटौनी प्रहरी थानालाई खबर गरेका थिए|खबर पाएपछि पुगेको प्रहरीले बालगोविन्दको उद्धार गरी प्राथमिक स्वास्थ्य उपचार केन्द्र खुटौनामा पुर्यारएका थिए|उनको शरीरमा बाहिरी चोट नदेखिए पनि नसाको सुई अत्याधिक प्रयोग गरिएकाले घरी होसमा आउने घरी बेहोस हुने गरेको उपचारमा संलग्न चिकित्सक विजयमोहन केसरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।उनको शरीरमा डोरीले बाँधिएको डामबाहेक अन्य चिह्न र खत नभएको प्रहरीले जनाएको छ।अहिले उनको लहानस्थित फ्रेन्डस मोडेल अस्पतालमा उपचार भइरहेको छ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तीन दिनअघि अपहरित खानेपानी कर्मचारी बेहोस भेटिए"

Leave a reply