|

आज गुरुपूणिमा देशभरमा गुरुप्रति श्रद्वा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदै


काठमाण्डौं असार १९-आज असार शुक्लपक्षको गुरुपूणिमा  तिथि अर्थात गुरुपूणिमा , देशभरमा गुरुप्रति श्रद्वा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या,विनय र शिष्टता प्रदान गर्न औपचारिक तथा अनौपचारिक रुपमा भूमिका निर्वाह गर्ने गुरुलाई सकेजति सम्मान गर्ने परम्परा चलिआएको छ । आफ्ना गुरुहरुलाई उपहार दिने वा भेटेर आजको दिन सम्मान प्रकट गर्ने परम्परा भए पनि पछिल्ला वर्षहरुमा भने विद्यार्थी र गुरुबीचको सम्वन्धको महत्व घट्दै गएको छ ।

सनातन धर्मावलम्बीहरूले अपौरुषेय वेदलाई चार भाग लगाउने, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण र विष्णु सहस्रनामका रचयिता वेदव्यासको जन्मजयन्तीलाई गुरु पूणिर्माका रूपमा मनाउने प्रचलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो । यस्तो अन्धकार रूपी अज्ञानतालाई हटाउन ज्ञान रूपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रहृमा, विष्णु, महेश्वर तथा पर ब्रहृमस्वरूप मानिन्छ ।

सनातन हिन्दू मान्यता अनुरूप माता-पिता, गायत्री-दीक्षा मन्त्र तथा सङ्गीतलगायत ६४ कला सिकाउने आचार्य एवम् पाका व्यक्ति गुरुको कोटीमा पर्दछन् ।

गुरु पूणिर्मालाई आत्मस्वरूप ज्ञान प्राप्त गरेको आफ्नो कर्तव्यको बोध गराउने, मनको दैवीगुणले विभूषित गराइदिने सद्गुरु ज्ञान तथा प्रेम रूपी गङ्गामा बारम्बार डुबुल्की लगाउन प्रोत्साहन दिने पर्वको रूपमा पनि मनाउने गरिन्छ । वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिमुनीहरूलाई वेद-वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम अनि सर्वश्रेष्ठ गुरु मानिन्छ ।

द्दापरयुगको अन्त्यतिर ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा आजकै दिन व्यासको जन्म भएको थियो । चारै वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरूलाई दर्शन दिएकाले आजका दिनलाई गुरु पूणिर्माका रूपमा मनाउने परम्परा रहिआएको हो । आज धर्मचक्र प्रवर्तन दिवस पनि हो । भगवान् गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएको हो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज गुरुपूणिमा देशभरमा गुरुप्रति श्रद्वा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदै"

Leave a reply