दार्चुलामा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
काठमाण्डौं असार १९ - दार्चुलामा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाईते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको ना ४ ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी गाविस स्थित बगोरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परि सात जनाको घटनास्थलमै र एक जनाको उपरचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु भएका मध्ये एमाले जिल्ला कार्यसमितिका सदस्य सार्नेली गाविसका लक्ष्मी दत्त जोशी, ग्वानी गाविसकै धवलसिंह धामी र गोपालसिंह धामीको सनाखच भएको प्रहरी नायव उपरिक्षक देव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
घाईतेहरुको उपचारका लागि गोकुलेश्वर तर्फ लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट