|

अमरबहादुरको जीवन रक्षाको लागि लेखे प्रधान मंत्रि भट्टराईले पत्र


काठमाण्डौ  असार १ ९- मृत्युदण्डको फैसला पाएर दुबईस्थित जेलमा कारावास सजाय बेहोरिरहेका अमरबहादुर बमको जीवन रक्षाको आग्रह गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युएई सरकारलाई पत्र लेख्नुभएको छ ।

‘प्रधानमन्त्रीले अमरबहादुरलाई आममाफी दिलाउन आग्रह गर्दै युएई सरकारलाई पत्र लेख्नुभएको छ’- प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने-’परराष्ट्र मन्त्रालय हुँदै पत्र अबुधावीस्थित नेपाली नियोगमा पुगिसकेको छ ।’

साथै प्रधानमन्त्रीले बिदेशमा जेल सजायं भोगिरहेका र सजायं सकेर पनि रिहा हुन नसकेका नेपाली नागरिकका बारेमा खोजविन गर्न समेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

ब्यक्ति हत्याको अभियोग लागेर ब्लड मनी भुक्तान गरिसक्दा इराकमा राजाराम खकुरेल र प्रेमबहादुर सिंह र जितबहादुर तामाङ जेलमुक्त हुन सकेका छैनन् । इराकमा अवैध प्रवेश गरेको अभियोगमा वार्सा जेलमा तीन बर्षे थुना बेहोरिरहेका छन गोपाल शर्मा अमगाईं र राजेश लामाले । सरकारको तर्फबाट एम्नेष्टि पत्रको माग गरेपनि अहिलेसम्म त्यसबारे पहल हुन सकेको छैन् ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमरबहादुरको जीवन रक्षाको लागि लेखे प्रधान मंत्रि भट्टराईले पत्र"

Leave a reply