जनसंख्या दिवसको अवसरमा पाल्पाको शित्तलपाटीमा रक्तदान कार्यक्रम
मुक्तिप्रसाद न्यौपाने,आषाढ २७, पाल्पा
विश्व जनसंख्या दिवसको अवसरमा पाल्पाको शित्तलपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मेरी स्टोप्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा ३४ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । सन्तान करले होइन रहरले जन्माऔं भन्ने मूल नारा बोकेको मेरी स्टोप्स सेन्टर पाल्पाका प्रबन्धक भवानी ज्ञवालीले अझैं रक्तदान गरेर अरुको अमूल्य जीवन बचाउने भावना धेरैमा जागृत नभएको, तापनि पाल्पामा रक्तदान गर्नेको संख्यामा उल्लेखनीय रुपमा वृद्धि हुँदै गइरहेको बताए । कार्यक्रमबाट संकलित रगत लुम्विनी मेडिकल कलेजमा राखिने प्रबन्धक ज्ञवालीले बताए ।
कार्यक्रमलाई लुम्विनी मेडिकल कलेज र रेडक्रस सोसाईटि पाल्पाले सहयोग गरेका थिए ।
