|

हङकङमा जागिर मिलाइदिने भन्दै चीनमा अलपत्रपार्ने दलाल पक्राऊ

काठमाडौँ,असार २७ - हङकङमा राम्रो जागिर मिलाइदिने भन्दै रकम लिएर चीनको ग्वाङझाउ विमानस्थलमा अलपत्र पारी दुई वर्षदेखि फरार रहेका राजु केसी (खत्री) लाई प्रहरीले आज पक्रेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आज कुमारीगालमा लुकिछिपी बसेको अवस्थामा पक्रेको हो

वैदेशिक रोजगार ठगी मुद्दामा भक्तपुर बागेश्वरी गा.बि.स. वडा नं. ३ घर भएका ४४ वर्षीय केसीलाई दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले ५ लाख बिगो र १ लाख जरिवानाको सजाय दुई वर्षअघि सुनाएको थियो।फैसला लगत्तै उनी बेपत्ता थिए। उनलाई प्रहरीले आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 12:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हङकङमा जागिर मिलाइदिने भन्दै चीनमा अलपत्रपार्ने दलाल पक्राऊ"

Leave a reply