|

पहिरोले अवरुद्ध तानसेन-वुटवल सडकखण्ड खुल्यो


पाल्पा, असार २७ - अविरल वर्षार्संगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन-वुटवल सडकखण्ड  एकतर्फी   सूचारु भएको छ । राजमार्ग बुधबार बिहानैदेखि अवरुद्ध भएको थियो ।

राजमार्गको दोभान बजार नजिकै बुटवल पावर कम्पनीको विद्युत् हेडबक्स माथिपट्टी खसेको पहिरो डोजर लगाएर हटाएपछि  एकतर्फी   यातायात संचालनमा आएको दोभान प्रहरी चौकीका प्रमुख महाश्रम शर्माले जानकारी गराए । अविरल वर्षाले दोभान गाविसको वडा नम्बर ५ सिद्धबाबा क्ष्ाेत्रका विभिन्न स्थामा पहिरो खसेको छ । पानी परेपछि दोभानदेखि वुटवल खण्डमा पहिरो खस्ने क्रम दिनहुं भएको शर्माले बताए । बाटोमा ढुंगा खस्ने डरले सवारीलाई बुटवलतर्फका गोलपार्कमै र पाल्पातर्फवाट गएका दोभानमै रोक्नुपर्ने बाध्यता छ । एकतफिर् बाटो खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 1:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोले अवरुद्ध तानसेन-वुटवल सडकखण्ड खुल्यो"

Leave a reply