सुँगुरले लिङ्ग टोकिदिँदा एक ब्यक्तिको मृत्यु
सिन्धुली,असार २७ - सुँगुरले लिङ्ग टोकिदिँदा निपाने गाविस-३ का एक ब्यक्तिको मृत्यु भएको छ । मंगलबार छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले लिङ्ग टोकिदिँदा ५६ बर्षीय टेकबहादुर सार्कीको घटनास्थलमा नै ज्यान गएको हो ।
कसैले हिर्काउदा बिच्किएको सुँगुरले बसेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको थियो । सुँगुरले लिङ्ग टोकेपछि टेकबहादुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक महेन्द्र साहले जानकारी दिनुभयो ।
धु्रबहादुरले पालेको सुँगुर-बिर) मृतक टेकबहादुले पालेको छाउरी-भूनि)संग भुल्लिन सधै टेकबहादुरको घरमा जान्थ्यो र दुःख दिन्थ्यो । स्थानीय वासिन्दाको सल्लाहमा मङ्गलबार नै छाउरी काटेर खाने योजना पनि बनेको थियो । तर, छाउरी काट्नुअघि नै टेकबहादुरलाई सुँगुरले टोकिदियो ।
समाचार ऑनलाइन खबर बाट
