टाईटानिकलाई आइसब्रेकमा ठोक्काउन चाहान्नौं: आयुक्त उप्रेती
मुक्तिप्रसाद न्यौपाने ,आषाढ २७, पाल्पा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले टाइटानिकलाई आइसब्रेकमा ठोक्काउन चाहान्नौं भन्दै घोषणा गरिएको मंसिर ७ को निर्वाचनकालागि संवैधानिक संकट हटाउनु पर्ने बताएकाछन् ।
बुधबार पाल्पाको तानसेनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै आयुक्त उप्रेतीले कानुनी व्यवस्था विना अगाडी बढ्न सम्भव छैन, छिटो मार्ग प्रशस्त गरेमा घोषणा गरिएको मितिमा आयोगले निर्वाचन गराउन सक्ने बताए् ।
जेष्ठ १४ गते सरकारले आफूहरुसँग सरसल्लाह गरेता पनि मंसिर ७ को चुनावकालागि आफुहरुसँग सकारात्मक जवाफ दिनुको विकल्प नभएको तर भ्याकुममा निर्वाचन हुन नसक्ने समेत आयुक्त उप्रेतीले बताए । आयोग बाह्रै महिना निर्वाचन गराउनकालागि तयार रहिरहेने उनको भनाई थियो ।
सबैको मताधिकारको सुरक्षा आयोगको पहिलो प्राथमिकता भएको भन्दै चाहेको मतदाताले व्यक्ति वा पार्टी छान्ने वातावरण सिर्जना गर्न आफूहरु लागि परेको तर निर्वाचन प्रणालीलाई आधुनिकीकरण गर्न खोजिएकोले अघिल्लो निर्वाचनको तुलनामा अब हुने निर्वाचन निकै खर्चिलो हुनेछ उनल भने । हालसम्म आयोगमा एक करोड छ लाखको मात्र मतदाता नामावलीमा नाम संकलन भएको र अझै पन्ध्र÷बीस लाख मतदाता नामावली संकलनमा नसमेटिएको उप्रेतीले बताए ।
पाल्पाको बारुदखानामा १ करोड २१ लाख ६७ हजार ४० रुपैयाँको लागतमा बन्ने निर्वाचन कार्यालयको भवन शिलान्यासका क्रममा आयुक्त पाल्पा आइपुगेका हुन् । तीन तले उक्त भवनमा १३ कोठा रहनेछ । भवन आगामी १५ महिनासम्ममा सक्ने लक्ष्य राखिएको छ ।
