|

भाकामा ऋण तिर्न नसकेको तनावका कारण आत्महत्या


खोटाङ, असार २७- साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेको तनावका कारण हौंचुर-५ का ३७ वर्षीय विष्णु परियारले आत्महत्या गरेका छन्। चिसापानीका गोविन्द आचार्यबाट लिएको रु २४ हजार ४९२ ऋण गत असार २५ गतेको भाकामा तिर्न नसकेपछि परियारले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ|

हाल सदरमुकाम दिक्तेलको भानुचोकमा डेरा गरी टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका परियार भाकामा ऋण तिर्न नसकेपछि तनावमा रहँदै आएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ। रासस

Posted by Butwalonline on 5:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भाकामा ऋण तिर्न नसकेको तनावका कारण आत्महत्या"

Leave a reply