|

विद्युत प्राधिकरण बुटवल शाखाको करोडौं रकम बक्यौता उठेन


बिनोद परियार ,बुटवल  असार २७ -नेपाल विद्युत प्राधिकरण बुटवल शाखाले यो आर्थिक बर्षमा पनि करोडौं रकम बक्यौता उठाउन बाँकी रहेको छ । करोडौं रकम बायौता रहने पूरानै प्रचलन अनुसार यो चालु आर्थिक बर्षमा पनि ७ करोड १४ लाख रुपैया बक्यौता उठ्न बाकी रहेको हो ।

विद्युत प्राधिकरणको लापरवाही र ग्राहकहरुको महसुल तिर्ने बानी नभएका कारण बर्षेनी बुटवल क्षेत्रमा करोडौं विद्युत बक्यौता बाकी हुने गरेको छ ।  बुटवल शाखाका अनुसार आर्थिक बर्ष ६८/६९को पछिल्लो जानकारीसम्म ७ करोड १४ लाख रुपैयाँ उठ्न बाकी छ । गत बर्ष पनि आर्थिक बर्ष सकिने वेला यहि हाराहारीमा बक्यौता उठ्न बाकी थियो ।

यो बर्ष सबैभन्दा बढि सडक बत्तीको रकम उठन बाँकी रहेको छ । विद्युत पव्राधिकरण लेखा शाखाका अनुसार सडक बत्तीको ३ करोड ५१ लाख रुपैया बक्यौता रहेको छ । यसैगरि ग्राहस्थ वर्ग घरायसि प्रयोगतर्फ २ करोड २७ लाख,ब्यापारी ११ लाख १३ हजार,गैर ब्यापारी ३८ लाख १६ हजार,उद्योगतर्फ ६८ लाख ६ हजार,खानेपानी संस्थान र उपभोक्ता समितितर्फ १ लाख ३९ हजार,मन्दिर १ लाख ५४ हजार र अस्थायी बत्ती १ लाख १७ हजार बक्यौता रहेको हो ।

विद्युत प्राधिकरण बुटवल शाखाका लेखापाल राजेश कुमार शर्माका अनुसार गत बर्ष भन्दा यो बर्षको बक्यौता रकम कम हो । यो चालु बर्षमा लुम्बिनी अञ्चल अस्पतालको १ करोड बढि महसुल पुगेकोमा भुक्तानी गरेर अझै ७ लाख ७ हजार रुपैया बाँकी रहेको छ । यसैगरि ३५ लाख ५६ हजार रकम कालो सूचिमा राखिएको छ ।

विद्युतको महसुल नबुझाउनेहरुमा सरकारी कार्यालय र ग्राहस्थ अर्थात घरायसि उपभोक्ताहरुनै बढि रहेको उनले जनाए ।

सडक बत्तिको ३ करोड ५१ लाख रुपैयाँ सरकारले मिलान गर्ने लेखा शाखाले जनाएको छ । बुटवल नगरपालिका र अन्य ५ वटा गाविसमा ६३ वटा सडक बत्ती रहेका छन् । विद्युत प्राधिकरण बुटवल शाखाका अनुसार अधिकांश सरकारी कार्यालयहरुले नै महसुल बुझाएका छैनन । कार्यालयले जनाए अनुसार लुम्बिनी अञ्चल अस्पतालको ७ लाख ७ हजार,पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र ३ लाख ६५ हजार,पश्चिम प्रहरी तालिम केन्द्रकै अर्को मिटरको १ लाख ३५ हजार, चौथौ डिभिजन अन्तर्गत रहेको कृष्णसेन ईच्छुक स्मृतिको ५ लाख ६२ हजार,बार एसोसिएशनको १ लाख २ हजार,सडक श्रम मुलकको २ लाख ३५ हजार र ईलाका प्रहरी कार्यालय बुटवलको ६६ हजार रुपैयाँ बक्यौता रहेको छ । यसैगरि विभिन्न उद्योग,ब्यपारीक संघसंस्था र ग्राहस्थको पनि बक्यौता बाँकी रहेको छ ।

Posted by Butwalonline on 6:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्युत प्राधिकरण बुटवल शाखाको करोडौं रकम बक्यौता उठेन"

Leave a reply