7:25 PM | Posted by Butwalonline
हेमराज भट्ट,नेपालगन्ज,असार २७ - प्रजनन् स्वास्थ्य सेवामा सबैको पहुच भन्ने नाराका साथ विश्व जनसख्या दिवस आज विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय
बाँकेको सहयोगमा तथा बागेश्वरी असल शासन क्लब बास)को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
 |
| जनचेतनामुलक र्यालीको एक झलक ।
तस्वीर :हेमराज भट्ट/बुटवल ऑनलाइन |
दिवसका अवसरमा आज विभिन्न नाराहरु सहित कोहलपुरको पिपल चौतारीबाट जनचेतना मुलक र्याली निकालीएको थियो । विभिन्न नाराहरुका साथ निश्कीएको र्याली पिपलचौतारा बाट कोहलपुर चौकमा पुगी समापन भएको थियो ।
 |
| र्यालीको समापन कार्यत्रक्रमको एक झलक ।
तस्वीर :हेमराज भट्ट/बुटवल ऑनलाइन |
र्यालीको समापन कार्यक्रममा असार २६ गते विश्व जनसख्या दिवसको अवसरमा शिक्षा, शिप र रोजगारि, बिहेवारी २० बर्ष पारि बिषयक बक्तृत्वकला प्रतियोगिताका बिजेताको घोषणा तथा पुरुष्कार बितरणा कार्यक्रम समेत गरिएको थियो । बक्तृत्वकला प्रतियोगितामा
बाँकेका विभिन्न बिद्यालयका गरि भागलिएका १३ जना बिद्यार्थीहरु मध्ये जय बागेश्वरी उच्च मा.बि.की प्रजिता ज्ञवालीले प्रथम स्थान हासील गर्न सफल भएकी छिन् ।
 |
| कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै बतृत्वकलामा प्रथम हुन सफल प्रजिता ज्ञवाली र वितरण गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बााकेका प्रमुख जिवन कुमार मल्ल ।
तस्वीर :हेमराज भट्ट/बुटवल ऑनलाइन |
यसैगरी द्धितीय स्थान श्री कृष्ण मा.बि.की रक्षा बगाले,तृतिय जानकी मा.बि.खजुराकी रेखा बि.क. र सान्त्वना जयबागेशवरी उच्च मा.बि.का किरण गौतम भएका छन् । बक्तृत्वकलामा प्रथम,द्धितीय,तृतिय र सान्त्वना स्थान लिन सफल बिद्यार्थीहरुले क्रमश: ३ हजार, २ हजार, १२०० र ८०० नगद सागै प्रमाण पत्र प्राप्त गरेका छन् । बिजेताहरुलाई पुरुस्कार तथा प्रमाण पत्र हस्तान्तरण जिल्ला जनस्वास्थ्य कार्यालय
बाँकेका प्रमुख जिवन कुमार मल्लले गरेका थिए ।
 |
| कार्यक्रममा सम्मानीत हुदै स्वयम्सेविका गंगा पुन ।
तस्वीर :हेमराज भट्ट/बुटवल ऑनलाइन |
यसैगरी जनसख्या दिवसकै अवसरमा जिल्ला जनस्वास्थ्इ कार्यालय बाकेले उत्कृष्ट काम गरेको भन्दै कोहोलपुरकी स्वयम्सेविका गंगा पुनलाई नगद रु. ३ हजार सहित सम्मानीत गरेको छ । बास निर्देशक नमस्कार शाहले सञ्चालन गरेको र्यालीको समापन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय
बाँकेका जिवन कुमार मल्ल, बास अध्यक्ष राजु लामिछाने ले बोलेका थिए भने सम्मानीत स्वयम् सेबिका गंगा पुन र बतृत्वकलामा प्रथम स्थान लिन सफल प्रजिता ज्ञवाली ले प्रतिकृया मन्तब्य राखेका थिए ।
सम्बन्धित शीर्षकहरु: News,
Photo Gallery

Posted by Butwalonline
on 7:25 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response