|

अस्पतालमा युवा सूचना केन्द्र स्थापना

मुक्तिप्रसाद न्यौपाने,आषाढ २९, पाल्पा -जिल्लाको एकमात्र सरकारी अस्पतालमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्थापना गरिएको सूचना केन्द्रमा लागुऔषध दुव्र्यसन र यसको असर, प्रजनन अवस्था, पाल्पा अस्पतालले दिने सेवा सुविधाका विषयमा जानकारी प्रदान गर्ने युवा सूचना केन्द्रका संयोजक सन्तोष पौडेलले बताए ।

सूचना केन्द्रको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले अस्पतालमा सम्पूर्ण सेवाहरु हुँदाहुँदै पनि जानकारीको अभावमा महङ्गो ठाउँबाट सेवालिन गरीबि र विपन्न वर्गका जनताले सेवा लिन बाध्य हुनुपर्ने अवस्था नरहने बताए । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले अहिलेका टिनएज उमेर समूहका युवाहरुमा विकृति र विसङ्गतिको परकाष्ठा रहेको बताउँदै पाल्पा अस्पतालमा आउने विरामीका कुरुवा तथा आफन्तहरुमा सकारात्मक सोचको भावना जागृत गराउनमा सूचना केन्द्र तल्लिन रहने बताए ।

शुक्रबारनै भएको एक अर्को कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले जेष्ठ नागरिकको अनुभव र सीपलाई राष्ट्रको हितको कार्यमा सदुपयोग गर्नुपर्नेे बताएकाछन् ।जेष्ठ नागरिक सहयोग तथा हेरचाह विषयक कार्यशाला गोष्ठीमा बोल्दै घिमिरेले वृद्धवृद्धालाई दिने सुविधाका विषयमा कानुनमा उल्लेख भएको तर कार्यान्वयनमा निकै कन्जुस्याई भएको बताएकाछन् । यहि अवसरमा बोल्दै लुम्बिनि मेडिकल कलेज पाल्पाका प्रबन्ध निर्देशक गोपालबहादुर पोखरेलले ७५ वर्र्ष माथिका बृद्धवृद्धालाई मेडिकल कलेजले ५० प्रतिशत उपचारमा छुट दिने र पिसाब, मुटु, क्यान्सर, मृगौला रोगको उपचार निशुल्क रुपमा गरिदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद न्यौपानेले कार्यपत्र पेश गरेका थिए । कार्यक्रम माथि सरोकारवाला संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुले छलफल गरी सुझाव पेश गरेका थिए । उक्त कार्यक्रम पाल्पाका नि. स्थानिय विकास अधिकारी भिमार्जुन पाण्डेको अध्यक्षता र सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

जानकारी चाहियो?  जिल्ला अस्पताल पाल्पामा स्थापना भएको युवा सूचना केन्द्रमा सामुहिक तस्विर खिचाउँदै पाल्पामा प्रमुख जिल्ला अधिकारी, वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेल लगायत ।
तस्विरः मुक्तिप्रसाद न्यौपाने

Posted by Journalist Mukti on 12:55 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अस्पतालमा युवा सूचना केन्द्र स्थापना"

Leave a reply