आफ्नै घरमा सुतिरहेको अवस्थामा आमा र छोरीको हत्या
हेटौंडा, असार २९- मकवानपुर भैंसे-३, कालिकाटारमा अज्ञात समूहले एकै परिवारका आमा र छोरीको हत्या गरेको छ। मारिनेमा कालिकाटार बस्ने ५० वर्षीया गङ्गा थापा र उनकी २५ वर्षीया छोरी लक्ष्मी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आमाछोरी आफ्नै घरमा बिहीबार राति सुतिरहेको अवस्थामा गरिएको सो हत्याका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका तर्फबाट छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक रामकुमार थापाले राससलाई बताए।
प्रहरीले घटनास्थलबाट आमाछोरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाले जनाएको छ। रासस
समाचार नागरिक न्यूज बाट
