|

फेसबुक साथीबाट एक युवती बलात्कृत


काठमाण्डौं असार २१ - फेसबुक मार्फत चिनजान भएका युवालाई साथी बनाउँदा एक युवती बलात्कृत भएकी छन् । काठमाण्डौं गौशालाकी २० बषिर्या चौधरी थरकी युवती फेसबुक साथीबाट बलात्कारमा परेकी हुन् ।

फेसबुकमा चिनजान भएका दीपेन्द्र रायमाझीसँग भेटेर मित्रता बढाउनेक्रममा उनी मंगलबार बलात्कारको सिकार भएकी हुन् । गोंगवुस्थित एक गेष्ट हाउसमा बलात्कार गरेर रायमाझी फरार भएको हुन् ।

६ महिना अघि चौधरीले रायमाझीसँग फेसबुकमा चिनजान गरेकी थिईन । फेसबुक साथी भएपछि उनीहरुबीच नियमित रुपमा च्याट पनि हुने गरेको थियो । च्याट मार्फत नजिकिएपछि रायमाझीले भेट्ने प्रस्ताव राखेका थिए ।

पहिलो भेटमा सहज कुराकानी भएपनि दोस्रो भेटमा गोप्य गफ गर्नु छ भन्दै साथीको कोठामा लाने बहानामा गेष्टहाउसमा लगेको र करणी गरेको चौधरीको भनाई उदृत गदै एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । प्लस टू सम्मको अध्ययन पुरा गरेकी उनी फेसबुकै प्रयोगले बलात्कृत भएकी हुन् । उनले रायमाझीलाई पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएकी छन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुक साथीबाट एक युवती बलात्कृत"

Leave a reply