पाल्पाको मदनपोखरामा विपन्न बर्गलाई शौचालय निर्माणको लागी साईफन सहयोग
पाल्पा,असार ११ -खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने लहर चलेका बेला पाल्पाको मदनपोखरामा गरिब विपन्न बर्गलाई शौचालय निर्माणको लागी साईफन सहयोग गरिएको छ । खानेपानी कार्यालय पाल्पाको सहयोगमा गरिब विपन्न वर्गका १ सय २० घरपरिवारलाई शौचालय निर्माणको लागी साईफन वितरण गरिएको हो ।मदनपोखराका दलित तथा विपन्न वर्गका जनजातिहरुले आर्थिक अवस्था कमजोर भएकाले शौचालय निर्माण गर्न नसक्ने भएकाले उनिहरुलाई साइफन दिइएको हो । गरिबीका कारण शौचालय निर्माण गर्न नसकेका अवस्थामा साईफन पाएपछि शौचालय निर्माणको केही सहयोग मिल्ने स्थानीवासीले वताएका छन् ।
यसैविच हुंगी गाविस ४ का स्थानीय बासिन्दाले स्वच्छ खानेपानी पिउन पाएका छन् भने घर घरमा शौचालय बनाएका छन् । कुड‘हर खानेपानी तथा सरसफाई आयोजना सम्पन भएपछि ९३ घर परिवारले स्वच्छ पानी संगै घरको वातावरणमा सफा बनाएका हुन् ।ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिको सहयोगमा ८४ घरले चर्पी बनाएका छन् भने केहीले गोबरग्यास सहित निर्माण गरेका छन् ।