|

दुबईमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.को उद्घाटन

लालबहादुर ढेंगा,युएई दुबई । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा विदेशिएका प्रवासी नेपालीहरुले मेहनेतसंग कमाएका पुंजीलाई सुरक्षित गदै ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.मा लगानी गरी शेयरको भागीदारी हुनलाई आवहन गरेको छ । सन् २०११ मा देवमान हिराचनको अध्यक्षतामा ७ जना संयोजक रहने गरी स्थापना भई काठमाण्डौंमा उद्योगयन अनुसार दर्ता गरी विधिवत रुपमा संचालनमा ल्याइएको छ भने यसलाई विश्वव्यापीमा ल्याई विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्ने प्रयास गरिएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो पुंजी सुरक्षित राखि ढुक्क भई आफैले पनि व्यावसाय गर्ने र अरुलाई पनि रोजगार दिएर देशको बेरोजगारीलाई न्यून गर्नलाई यो एउटा राम्रो सुरुवात पनि हो ।

सन् २०११ मा विधिवतसंग स्थाना गरी कमल पोखरी, काठमाण्डौमा कार्यालय भई ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.को दर्ता नं.८५१७५/०६८/०६९ रहेको छ । वर्तमान अवस्थामा देशमा कुनै पनि रोजगारीको व्यावस्था नभई युवा पिढी विदेशमा पलायन हुंदै गएको परिपेक्ष्यमा यस्ता खाले परियोजनाको पनि अहम भूमिका रहन्छ । खासगरी ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.अन्तर्गत परियोजनामा कृषि, टुरिजम, होटल व्यावसाय, रेष्टुरेण्ट, ग्लोबल डिपार्तमेन्ट स्टोर, सोलर पावर, चुम्बकिय बिद्युत प्रणाली र आवास रहेको छ । अहिलेको मुख्य परिजोजनामा भने आवास र कृषिलाई प्राथमिकता दिएको छ ।

खाडी मुलुकको मध्येपूर्वलाई समेट्दै गत १९ अगस्त आइतबारका दिन दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा बागलुङ सेवा समाज युएई अन्तर्गत खेलकुद समितिको आयोजनामा भएको भलिवल खेल प्रतियोगिताको अवसरमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.का बोर्ड अफ डाइरेक्टर कृष्ण ढकालको सभापतित्वमा उद्घाटन गरेको छ । उद्घाटनको सुरुवातमा सूवर्णा पौडेल (गप्तशेखर पौडेल), गोपाल कंडेल, शिवराज जैसी, पिताम्बर पाण्डे र कृष्ण भुसालले आफ्नो खाता खोली यस परियोजनाको शेयर होल्डर भई आफ्नो आगामी नेपालको भविश्य पलानलाई सुरक्षित गर्नु भएको छ । यो लगानी गरेको रकम बैंकमा सुरक्षित रहि पछि आफुलाई आवश्यक परेको खण्डमा फिर्ता लिन पाउने सहितको सुविधा भएको र व्यावसाय अन्तर्गत सबै सुविधाहरु सुलभ हुने र आफुले उत्पादन गरेको चिजलाई बजार व्यावसथापन समेत गरिदिने प्रावधान रहेको छ । यस अभियानको सुरुवातमा ७ लाख रकम जम्मा भएको छ ।  

Posted by Butwalonline on 6:46 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.को उद्घाटन"

Leave a reply