जनसंघर्ष राष्ट्रिय दैनिक २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश
बुटवल,असार ११ - बुटवलबाट प्रकाशित हुदै आएको जनसंघर्ष राष्ट्रिय दैनिक २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रमका वीच दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव शुभारम्भ गरिएको छ । त्यस अवसरमा राष्ट्रिय दैनिक जनसंघर्षका प्रधान सम्पादक एवं सञ्चालक बालकृष्ण चापागाईं, पूर्व अध्यक्ष थानेश्वर पौडेल, सञ्चालकहरु अनुपमान सैंजु, रतनलाल अग्रवाल र अमित गुप्तालगायत कर्मचारी तथा पत्रकारहरुद्वारा संयुक्तरुपमा २३ वटा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सवको शुभारम्भ गरिएको थियो ।
सोही अवसरमा बोल्दै प्रधान सम्पादक एवं सञ्चालक बालकृष्ण चापागाईंले हरेक प्रकारका चुनौतिहरुको सामना गर्दै निरन्तर अगाडी बढिरहेको र लोकतान्त्रिक आन्दोलनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वताए । प्रधान सम्पादक एवं सञ्चालक बालकृण चापागार्इंको अध्यक्षता र कार्यकारी सम्पादक छवि पाण्डेको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Posted by Butwalonline
on 7:41 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response