|

सरकारले सशस्त्र द्वन्द्वको समयमा घाईते अपाङ्ग लडाकुहरुलाई मासिक भत्ता दिने

कपिलवस्तु,असार ११ -एकिकृत नेकपा माओवादी नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वको समयमा घाईते अपाङ्ग लडाकुहरुलाई मासिक भत्ता दिने भएको छ । मन्त्रि परिषद बैठकको निणर्यवाट गठित माओवादी सेनाका घाईते अपाङ्गं लडाकुहरुको तथ्याक संकलन बर्गीकरण एव पुनस्थापना सम्बन्धी कार्यादलद्धारा तयार पारिएको  प्रतिबेदनको आधारमा कपिलवस्तु जिल्लामा १ जनाले मात्र मासिक भत्ता पाउने भएका छन ।
एमाओवादी निकट वाईसियल जिल्ला अध्यक्ष समेत रहेका घाईते कपिलवस्तु जिल्ला दुविया गाविस ४का भोजराज गैरेलाई मासिक ६ हजार २ सय भत्ता जिल्ला प्रशासन मार्फत पाउने भएका हन् । सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन शाहि सेनाले ०६० भदौ ४गते दोहरो भिडन्तमा गोलि लाग्दा पेटमा गोलीका छर्रा लागी घाईते भएका थिए । ४३ जना मध्ये १ जनालाई मात्र मासिक भत्ता दिन राहत तथा पुनस्थापना इकाईले जिल्ला प्रशासन कार्यालयलाई सिफारीस गरेको छ । 

Posted by Butwalonline on 1:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारले सशस्त्र द्वन्द्वको समयमा घाईते अपाङ्ग लडाकुहरुलाई मासिक भत्ता दिने"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु