|

वर्षे विदाको समयावधिमा कटौती गरेपछि शिक्षकहरुद्वारा विरोध

नवलपरासी,असार ११ - नवलपरासीको बेलाटारी स्रोतकेन्द्रले विद्यालयमा हुदै आएको वर्षे विदाको समयावधिमा कटौती गरेपछि अनाधिकार निर्णय गरी शिक्षकलाई मर्कामा पार्ने काम भएको भन्दै शिक्षकहरुले विरोध जनाएका छन् ।

बेलाटारी श्रोतकेन्द्रका प्रधानाध्यापकहरुको असार ८ गते पुषौलीमा बसेको घुम्ति बैठकले असार साउनमा गरिदै आएको ४५ दिनको वर्षे विदालाई कटौती गरी २८ दिन बनाएपछि विरोध शुरु भएको हो । ४५ दिनको विदाको अवधि कटौती गरेर शिक्षकहरुको हक अधिकारमा अन्याय गरिएको ठहर गर्दै जन जागृति उच्च मावि गूठीपरसौनीका सबै शिक्षकहरु आज प्रधानाध्यापकलाई विरोधपत्र बुझाएका हुन् । विरोधपत्रमा विदा कटौतिको निर्णयको घोर विरोध रहेको जनाउदै शिक्षकलाई मर्कामा पार्न गरिएको यस निर्णयलाई तत्काल फिर्ता लिन जोडदार माग गरिएको छ । शिक्षा नियमावलीका अनुसार शिक्षकहरुले वर्षमा ४५ दिनसम्म वर्षे विदा पाउदै आएकोमा यस वर्ष विदा कटौतीको निर्णय गरेका प्रधानाध्यापकहरुको समेत निन्दा गरिएको छ ।

Posted by Butwalonline on 1:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वर्षे विदाको समयावधिमा कटौती गरेपछि शिक्षकहरुद्वारा विरोध"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु