|

नयांगाउंमा अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर निर्माण

बुटवल,असार ११ - बुटवल १४ नयांगाउं स्थित मुक्तिनाथ धाममा लुम्बिनी अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर निर्माण गरिएको छ । कलात्मक नमुना मन्दिर झण्डै १ करोड लागतमा निर्माण गरिएको हो । काठमाडांैमा यस्ता किसिमका मन्दिरहरु भएपनि चार ढोका भएको कलात्मक मन्दिर यस क्षेत्रमै पहिलो हो ।
 मुक्तिनाथबाबाको मन्दिर संगसंगै दायां हनुमान र बायां गणेशको मन्दिर निर्माण सकिएको हो । नवनिर्मित मन्दिरमा यहि १६ देखि २० गतेसम्म बिभिन्न उत्सब गरेर मूर्तिको प्राण–प्रतिष्ठा गरिने धामका प्रमुख संरक्षक लोकानन्द स्वामिले बताउनुभयो । बुटवल –११, मिलनचोक निवासी धनकुमारी श्रेष्ठ ‘पुर्कोट्नी’ लगायत श्रेष्ठ परिवारले मन्दिर बनाउन सहयोग गरेका हुन् ।  विष्णुुका विभिन्न ५२ वटा टुंडाल कुदिएको, तामाको छाना तथा पितलको गजुरमा सुनको लेप लगाईएको छ  । मन्दिर भक्तपूर र ललितपूरका कालिगढहरुले निमार्ण गरेका हुन् । यो मन्दिरको ढोका काठमाडौको मछिन्द्रनाथ मन्दिरको ढोकाजस्तै छ । २०६५ सालमा मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरबाट जलल्याई नयांगाउंमा हेलिकप्टरबाट सेचन गराई स्थान पवित्र पारी बिभिन्न प्रकारका मन्दिर निर्माण शुरु गरिएको थियो । 

Posted by Butwalonline on 1:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नयांगाउंमा अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर निर्माण"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु