एक गर्भवती महिला बलात्कृत
इलाम,असार ११ - इलामको जोगमाई गाविसकी एक गर्भवती महिला बलात्कृत भएकी छिन् । जोगमाई-२ की १९ वर्षीय ती महिला घरबाट जमुनामा रहेको माइतीघरतर्फ जाँदै गरेको अवस्थामा जमुनाको जङ्गलमा सोमबार बलात्कृत भएकी हुन् ।
सात महिनाको गर्भ बोकेकी उनलाई जमुनाका एक युवाले जबर्जस्ती बलात्कार गरेका हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई बेहोस अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । जङ्गलको बाटोमा लुकेर बसेका एक युवाले जबर्जस्ती आफूमाथि जाइलागेको उनले बताइन् । “बालात्कारपछि घाँटी निमोठेर हत्याको प्रयास गरेको रहेछ,” जिल्ला अस्पताल इलाममा उपचारार्थ ल्याइएकी ती महिलाले भनिन्, “होस खुल्दा जङ्गलमै लडिरहेको रहेछु, स्थानीयले फेला पारेर उपचार गराउन ल्याएछन् ।”बलात्कारी युवा जमुना-६ का २८ वर्षीय देवराज गुरूङ रहेको खुलेको छ । बालत्कारपछि महिलाको सुनको सिक्री, घडी र नगद १३ हजार लुटेको पीडितले सञ्चारकर्मीलाई बताइन् ।
गुरूङलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी भगौडा प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक गणेशप्रसाद बाँस्तोलाले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । रासस
समाचार ऑनलाइन खबर बाट