|

रुपन्देहीको धकधइमा निशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना

बुटवल,असार ११ - प्रजनन स्वास्थ्य समस्या भएका विपन्न मधेशी महिलाहरुलाई लक्षीत गरी रुपन्देहीको धकधइमा निशुल्क  प्रजनन स्वास्थ्य शिविरको आयोजना गरीएको छ ।

महिला जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना र जिल्ला विकास समिति रुपन्देही र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा निशुल्क एक दिने प्रजनन स्वास्थ्य शिविरको आयोजना गरीएको हो । स्वास्थ्यको पहुचबाट बाहिर रहेका र जटिल समस्या भएका क्षेत्र नम्बर एकका आठ गाविसमा रहेका महिलाहरुको नाम संकलन गरी उनीहरुको पायकमा शिविर संचालन गरिएको महिला जिल्ला समन्वय समितिका उपाध्यक्ष विमला पन्थीले बताउनुभयो । स्वास्थ्य नै कमजोर भए ती महिलाको आर्थिक र वौद्धिक सशक्तिकरण नहुने भएकाले स्वास्थ्य समस्या क मगर्न समिति लागेको उहाले बताउनुभयो । शिविरमा करिब ३ सय महिलाहरु उपचारका लागि आएका थिए । जसमा पाठेघर खसेका, फिस्टुला भएका र जटिल यौन रोग भएका महिला तथा किशोरीहरु बढीमात्रामा आएका थिए ।

Posted by Butwalonline on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीको धकधइमा निशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु