|

धान रोप्ने समयमा किसानलाई मल उपलव्ध नगराएकोमा एनेकपा द्वारा विरोध

रुपन्देही,असार ११ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) गाउं समिति पर्राेहा,रुपन्देहीले धान रोप्ने समयमा किसानलाई मल उपलव्ध नगराएकोमा विरोध गरिएको छ । साथैं किसानलाई सहज रुपमा मल उपलव्ध गराउंन सरकारसंग माग पनि गरिएको छ । पार्टीको आज पर्राेहामा बसेको बैठकले उक्त माग गरेको हो ।

बैठकले संविधान सभा विघटन हुंनुमा एकीकृत नेकपा माओवादी,नेपाली कांग्रेस,नेकपा एमाले,मधेसवादी दल सबैं उत्तिकैं जिम्मेवार रहेको ठहर गदैं कोहीपनि जिम्मेवारीबाट भाग्न नमिल्ने जनाएको छ । पार्टीका गाउं समिति सचिव विष्णुकान्त गौतमको अध्यक्षता र रुपन्देहीका सचिव के.जी.कुमार पौडेलको आतिथ्यतामा सम्पन्न भएको बैठकले संकट निकासका लागि भन्दैं यतिवेला मुलुकमा देखिएको सरकार पक्ष र प्रतिपक्ष दुवै मोर्चामा पार्टी नलागी संकट समाधानका लागि सहमति गर्न दलहरुलाई आग्रह गरिएको छ । बैठकले संगठन विस्तारका लागि कार्य विभाजन पनि गरिएको पार्टीका रुपन्देही सचिव पौडेलले बताउंनु भयो ।

Posted by Butwalonline on 7:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धान रोप्ने समयमा किसानलाई मल उपलव्ध नगराएकोमा एनेकपा द्वारा विरोध"

Leave a reply