साउदीबाट छोराले पठाएको पैसा वैंकबाट निकालेर फर्कदैगर्दा बाटोमै लुटियो
दाङ,असार ११ - दाङको लमहीमा एक बद्ध महिलाको साथमा रहेको एक लाख तीन हजार ५९ रुपैया लुटपाट भएको छ ।साउदी अरवबाट छोराले कमाएर पठाएको रुपिया वेष्टर्न विकास वैंकबाट निकालेर फर्कदै गरेकी प्यूठान वांगेसालकी ७० वर्षीय मीनादेवी महतराको साथवाट अपरचित ब्यक्तिले झुक्याएर रकम लुटेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय लमहीका अनुसार लुटेराले वृद्ध महिलाको शरीर माथी फोहर फ्याके पछि उक्त फोहर सफा गर्ने क्रममा सो व्यक्तिले रकम लुटेर भागेको थियो ।