|

छात्रतर्फ सैनिक र नेपाल आदर्श, छात्रातर्फ टप्स उमावि छनौट

पोखरा,प्रेमनारायण न्यौपाने असार ११-पोखरामा सञ्चालित कोकाकोला कप अन्तरविद्यालयस्तरीय क्षेत्रीय छनौट प्रतियोगिताबाट छात्रातर्फ टप्स उच्च मावि तथा छात्रतर्फ डिफेण्डिङ सैनिक आवासीय
महाविद्यालय र नेपाल आदर्श बोर्डिङ स्कुल छनौट भएका छन्। पोखरा रड्डशालामा सोमबार भएको
 छात्रातर्फको फाइनल खेलमा टप्स उच्च माविले डिफेण्डिङ च्याम्पियन गण्डकी आवासीय उच्च माविलाई १–० ले पराजित गर्दै राष्ट्रिय प्रतियोगिताको लागि पहिलोपटक छनौट हुन सफल भएको हो।

टप्सको जीतमा अतिरिक्त समयको अन्तिममा विमला चौधरीले फ्रिकिकमार्फत निर्णायक गोल गरेकी थिइन्। छात्रतर्फ भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सैनिक आवासीय महाविद्यालयले नेपाल आदर्श उमाविलाई ६–३ ले पराजित गर्‍यो।दोस्रो हाफको सुरुदेखि पानी पर्न थालेपछि खेलाडीहरु हिलाम्मे मैदानमा बलका लागि भिडेका थिए। सैनिकको जीतमा जीवन कुमालले ह्याट्रिक गरे भने बेस्ट प्लेयर घोषित देव गुरुङले दुई तथा विमल गुरुङले थप एक गोलको योगदान दिएका थिए।नेपाल आदर्शका लागि कुमार गुरुङ, निशाद पुन र राहुल सापकोटाले एक–एक गोल गरेका थिए।

उद्घाटनको अवसरमा भएको मार्च पासमा छात्रतर्फ सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ हिल प्वाइन्ट स्कुल उत्कृष्ट भएका छन्। प्रतियोगितामा कालिका उच्च मावि अनुशासित टोली घोषित भयो।

विजेता तथा उपविजेता टचेलीलाई प्रमुख अतिथि नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति भिक्टरजंग राणा, सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक प्रेमकुमार शाही, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, पूर्व कोषाध्यक्ष दिनेश श्रेष्ठ, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष खेमबहादुर गुरुङ, उपाध्यक्ष गोपी भट्टराई, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक खेम गुरुङ, विक्रम थकाली, गण्डकी उमाविलका प्रिन्सिपल रबिप्रसाद बराल, टप्स उमाविका संस्थापक रत्नमान गुरुङ, कोकोकोलाका प्रतिनिधि दिनेश आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए।

असार ३१ देखि सञ्चालन भएको सो प्रतियोगितामा छात्रतर्फ ७३ र छात्रातर्फ १८ वटा विद्यालयको सहभागिता रहेको थियो।छात्रतर्फ सरकारी २० र ५३ निजी तथा छात्रातर्फ तीन सरकारी र १५ निजी विद्यालय गरी ९१ विद्यालयको सहभागिता रहेको थियो।कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धि खत्री क्षत्रीले गरेका थिए।सो अवसरमा गण्डकी उमाविसागको खेलका क्रममा दाहिने हात भााचिएर घाइते बनेका टप्स उमाविका टीम क्याप्टेन सञ्जीव गुरुङलाई आयोजक संस्था कास्की जिल्ला फुटबल सङ्घको तर्फबाट नगद पााच हजार सहयोग प्रदान गरिएको थियो।

Posted by Butwalonline on 7:48 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छात्रतर्फ सैनिक र नेपाल आदर्श, छात्रातर्फ टप्स उमावि छनौट"

Leave a reply