प्रेस रिलीज:क्रान्तिकारी पत्रकार संघ
क्रान्तिकारी पत्रकार संघ
तमुवान राज्य समिति
प्रेश बिज्ञप्ति
मिति :असार ११ २०६९
हजारौं कार्यकर्ता,सयौं सहीद परिवार,वेपत्ता र घाईतेका आफन्त तथा लाखौं समर्थक शुभचिन्तकहरुको मनोभावना र पार्टी संस्थापनको त्यागपूर्ण आग्रहमाथि लात हान्दै मोहन बैद्य पक्षले असार ४ गतेदेखि एकीकृत नेकपा माओवादीबाट अलग हुने निर्णय गरेको छ ।
टुटफुट,विखण्डन र विभाजनको विस्मयकारी श्रृंखलालाई निरन्तरता दिादै सो समूहले जनयुद्ध र जनआन्दोलनका युगान्तकारी उपलब्धिलाई रद्दीको टोकरीमा मिल्काउनेदुश्प्रयास गरेको छ ।पार्टीमा आएको यो विभाजनले नेपाली जनताका परिवर्तनका राजनितीक एजेण्डालाई कमजोर बनाउने तथा यथास्थितिवादी र प्रतिगामीहरुका एजेण्डालाई सल्बलाउने मौका दिएको छ ।तर,कुनैपनि मूल्यमा यतिबेला पार्टी फुटको औचित्य पुष्टि हुने आधार छैन ।पार्टीबाट अलग भएको सो समूहले समेत फुटको औचित्य सावित गर्न सक्ने छैन ।
औचित्यहिन र बेमौसमी विभाजनको पक्षमा सिमीत तत्वका कारण तत्काल अलग पार्टीको गठन भएको भएपनि पार्टी एकताको पक्षमा रहेका सच्चा क्रान्तिकारीहरु विस्तारै मूलपार्टीमा फर्किनेक्रम शुरु भैसकेको छ ।पार्टी एकताको औचित्यपूर्ण र अपरिहार्य आवश्यकतालाई आत्मसात गरेका जो कोहि ब्यक्ति पनि यतिबेला फुट र विभाजनको पक्षमा उभिने छैनन ।
जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्ने स्पष्ट राजनितिक एजेण्डा बोकेको एकीकृत नेकपा माओवादीको मूल नेतृत्व सहितको टिम र उसले चालेका अग्रगमनका पाईलालाई मिडियाकर्मद्धारा सघाईरहेको क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समिती पनि पार्टी विभाजनको घोर भर्तसना गर्दछ ।फुट र विभाजनको पिछलग्गु भएर क्रान्तिकारी आन्दोलनको महान प्रकृयालाई सघाउन सकिादैन ।त्यसैले यस किसिमका फुटवादी हर्कतलाई रत्तिभर तरङ्गीत र विचलित नभै देशव्यापी रुपमा एकताको पक्षमा दृढतासाथ उभिन क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितीमा आवद्ध सबै साथीहरुलाई हार्दिक अपिल गर्दछौं ।कुनैपनि प्रकारको फुट र विभाजनको विरुद्ध सशक्त बैचारिक अभियान सञ्चालन गरी एकीकृत पार्टी निर्माण प्रकृयालाई सघाउन पनि क्रान्तिकारी पत्रकारमा आवद्ध सम्पूर्ण साथीहरुलाई आग्रह गर्न चाहन्छौं ।
तथा क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समिति
मिति:२०६९–३–११