कतारमा बिल्डिङबाट लडेर अर्घाखाँची सिद्धाराका अर्जुनको मृत्यु
पशुपति श्रेष्ठ दोहा,वैदेशिक रोजगारीको शिलशिलामा दुई वर्ष पहिले कतार आएका अर्घाखाँची सिद्धारा गाविस वार्ड न तिनका थम्मन बहादुर सुनुवारका कान्छा छोरा बाईस वर्षिय अर्जुन बहादुर सुनुवारको बिहिवार राति मृत्यु भएको छ।
गत साता शनिवार दोहाको एक बिल्डिङमा टाईल लगाउने क्रममा तलबाट समान लिएर माथि चढदै गर्दा लडेर गम्भिर घाईते भएका अर्जुनको कतारको सरकारी हमाद अस्पतालमा उपचार गराउदा गराउदै बिहिवार राति उनको मृत्युभएको उनका छिमेकि जनक बेल्वासेले जानकारी दिए।
अर्जुन दुई वर्ष पहिले कतारको नेचुरल स्टोन ट्रेडिङ नामक सप्लाई कम्पनिमा काम गर्दै आएका अर्जुन दशैमा घर जाने भनि भर्खरै करार अवधि बढाएर बसेका थिए।अर्जुनका घरमा बावु आमा र दुई दाजु रहेका छन्।कतारमा रहेको अर्घाखाँची सेवा समाजले शवलाई छिट्टै घर पठाउन पहल गरिरहेको अध्यक्ष युवराज पाण्डे बताए।
