|

एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित


काठमाडौँ, असार १० - मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४८ रन बनायो|
प्रतिउत्तरमा २४९ रनको लक्ष्य पछ्याएको मलेसियाले ४३ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो।

नेपालको इनिङमा सागर पुनले ४ चौका र ३ छक्कासहित ७० रन बनाए। त्यसैगरी राजेश पुलामी मगर र प्रदीप ऐरी ३९-३९ रन बनाए। त्यसैगरी सुवास खकुरेलले ३३ रन, भुवन कार्कीले २३ र हसिम अन्सारीले २१ रन बनाए।

नेपालका लागि राहुल विश्‍वकर्माले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको खेलमा ३० रनमात्र दिएका थिए। त्यस्तै कप्तान पृथु बास्कोटाले २ र अभिनास करणनले २ विकेट लिए।

शनिबारको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 6:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु