मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु
विराटनगर, असार १० - उर्लाबारी-विराटनगर सडकको इटहरा खण्डमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरा-३ का पाँच वर्षीय बालक प्रख्यात बराल छन्। सौंठाबाट उर्लाबारी गइरहेको मे ४ प ३५६३ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो। ठक्करले टाउकोमा गम्भीर चोट लागेका बालक बरालको उपचार क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट