गुडिरहेको माइक्रोबसमा बम विस्फोट
१३ चैत्र, बुटवल । बुटवलको मीलनचौकमा गुडिरहेको माइक्रोबसमा आइतबार साँझ वम विस्फोट भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३६६६ नम्वरको माइक्रोबस मीलनचौकस्थित मीलन चलचित्र हल अगाडि आइपुग्दा साँझ करिब सवा ६ बजे वम विस्फोट भएको हो .
विस्फोटमा परी कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ४ जनालाई भरतपुर र काठमाडौं रिफर गरिएको छ भने अन्यको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कतिपय अंगभंग भएका छन् ।
विस्फोटमा पैदलयात्रु र मोटरसाइकल चालक पनि परेका छन् । घाइते सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वम विस्फोटबाट माइक्रोबस क्षतीग्रस्त बनेको छ ।
घटनापछि बुटवलका सर्वसाधारण आतंकित भएका छन् । व्यापक प्रहरी परिचालन गप।एको छ । बुटवलको चारै नाकामा चेकजाचलाई कडा पारिएको रुपन्देही प्रहरीले जनाएको छ । यसअघि नेपालगञ्ज र रौतहटमा पनि गुडिरहेको बसमा विस्फोट भएको थियो ।
