|

चितवनमा च्याउ खाँदा एकै घरका छ जना बिरामी


चितवन, असार १०- खेतमा फलेको च्याउ पकाएर खाएका एकै घरका छ जना बिरामी परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार आइतबार बिहान च्याउ पकाएर खाएका पूर्वी चितवन वीरेन्द्रनगर-३, का छ जनालाई उपचारका लगि भरतपुर अस्पताल भर्ना गरिएको छ। चितवनमा हालसालै जंग्ली च्याउ खाएर एकै घरका पाँच जनाको निधन भएको थियो।

प्रहरीका अनुसार च्याउ खाएर बिरामी हुनेमा वीरेन्द्रनगर-३, का २५ वर्षीया वसन्ती तामाङ, २२ वर्षका अन्तिम तामाङ, वर्ष २० का मिलन तामाङ, १५ वर्षका बुद्ध तामाङ, १२ की आरती तामाङ र वर्ष तीनकी वर्षा तामाङ छन्। उनीहरुले बिहान साढे आठ बजे खेतबाट ल्याएको च्याउ पकाएर खाएका थिए।

बिरामी भएपछि उनीहरुलाई दिउँसो साढे चार बजे भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुको अवस्था सामान्य देखिएको छ। च्याउको विष कडा भएमा कलेजोमा असर गर्ने र कलेजोले काम गर्न छाडेर बिरामीको ज्यानै जान्छ। त्यसैले जंगल र खेतमा फलेको च्याउ नखान चिकित्सकहरुले अपिल गरेका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 6:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनमा च्याउ खाँदा एकै घरका छ जना बिरामी"

Leave a reply