|

प्रेस रिलीज:नेपाली जनप्रगतिशील मंच , यू.ए.ई. को प्रेश बिज्ञप्ति


      नेपाली जनप्रगतिशील मंच , यू.ए.ई. को प्रेश बिज्ञप्ति !

                                                                                              मिति:- 24/06/2012


 महान नेपाली जनताको उच्च बलिदान ,त्याग र हिम्मतको लामो निरन्तरताले सफल भएको १० बर्षे महान जनयुद्द मार्फत हाम्रो गौरबशाली पार्टी एकिकृत ने.क.पा.माओबादीको बिशेष पहल र नेत्रित्वोले सिङ्गो नेपालका जनताहरुलाई राजनैतिक , धार्मिक ,आर्थिक ,सास्कृतिक, जातिय ,लैगिक, बर्गीय र भौगोलिक शोषणको मुख्य दुश्मनको पहिचान सहित ल्याएको राजनैतिक चेतना पश्चात  राजासहितको ससदीय हिलोमा चुर्लुम्म डुबेका तात्कालिन राजनैतिक दलहरुलाई समेत गणतन्त्र , धर्म निरपक्षयता, सम्बिधानसभा र संघियताको एजेन्डालाई स्वीकार्न बाध्य पार्दै हुन सकेको एतिहासिक जनआन्दोलन ६२/६३ को निर्णायक आधी सिर्जना गर्दै आजसम्मको सम्पूर्ण उपलब्धि हासिल गराउन हाम्रो महान पार्टी सफल भएको हो ! यतिबेला पनी आम शोषित-पिडित नेपाली जनताको आशा र विश्वाशको चाहनालाई मुख्य आधारको रुपमा बिकशित गर्दै बैधानिक संघर्षको अग्रगामी मोर्चा बन्दिमा समेत आफुलाई नेत्रित्वमा राख्न सफल भएको छ | यही हाम्रो अग्रगामी एजेन्डाका कारण यथास्थितिबादी नेतृत्वमा पुराना पार्टीमा रहेका अग्रगामी शक्ति समेत हाम्रो पक्षमा सतहमा देखिनेगरी बिशेष धुर्बिकरण हुदै गरेको यो एतिहासिक समयमा, अन्य दल भित्रका अग्रगमनका पक्षपातीहरुलाई समेत समेटेर बृहत मोर्चा निर्माण गर्दै यो महान अवसरको एतिहासिक नेतृत्व गर्नु पर्ने यो समयको माग,जनताको चाहना-सपना पुरा गर्ने जिम्मेवारीलाई लत्याउदै आज सारा नेपाली जनता र बिश्व सर्बहाराबादी जनताको समेत आशा र भरोसालाई कुठाराघात गर्दै पार्टी गठनको नाममा सानो झुण्ड तयार गरेर नया पार्टीको घोषणा गरेको महसुस गरेको बैद्य समुहले आम अग्रगमनका पक्षपाती जनता , महान सहिद र सिङ्गो देशको अग्रगमनको मुक्ति आन्दोलन र जनताको बृहत बन्दै गरेको मोर्चालाई समेत कम्जोर पार्दै गम्भीर धोका र गद्दारी गर्दै ठुलो विश्वाश घात गरेर उग्रता हुदै बिसर्जनवादको खाडलमा फस्दै अन्तत जनविरोधीहरुको गठबन्धनलाई नै सहयोग गरेर जान-अन्जानमा प्रतिक्रान्तिको सहयोगी बन्न पुगेको ठहर सम्पूर्ण प्रगतिशील प्रवाशी नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.ले गरेको छ |

 यतिबेला हामीले नेपालको बर्तमान राजनैतिक बस्तु स्थितिको ठोश मुल्यांकन गर्दै देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण प्रवाशी नेपालीहरुलाई महान जनयुद्द र जनआन्दोलन मार्फत स्थापित गरिएको गणतन्त्र, धर्म निरपेक्षता जस्ता जनताको अधिकारलाई स्थापित गर्दै पहिचान सहितको संघियेताकोलागि संघर्षरत एकिकृत ने.क.पा.माओबादी नै यो समयको मुख्य नेत्रित्वो हो भन्ने हाम्रो धारणा स्पष्ट पार्न चाहन्छौ | एकिकृत ने.क.पा.माओबादीका सम्पूर्ण सदस्य ,समर्थक र शुभचिन्तकहरुमा आज हाम्रो पार्टीले लिएको तात्कालिन कार्यनीति शान्ति र पहिचान सहितको संघियेतामा टेकेर सम्बिधान निर्माण गर्ने बैधानिक आन्दोलनको तात्कालिन कार्यनीतिका पक्षमा सम्पूर्ण आदिबासि जनजाती,मधेसी , दलित , महिला लगायत आग्रगमनका पक्षधरहरुलाई एकता बद्द गर्दै पार्टीले उठान गरेको बैधानिक आन्दोलनमा बिगतमा भन्दापनि अझै ठुलो एकता बद्द शक्ति बनाएर हाम्रो गौरबशाली नेतृत्वलाई साथदिन सबैमा हार्दिक अनुरोध सहित हाम्रो एक्यबद्दता रहेको दृढ संकल्प गर्दछौ |
             
 फुटले कदापी क्रान्ति सफल हुदैन ,तर पनी भर्खरै गठित क्रान्तिकारी ठान्ने झुण्डले सिद्दन्त्त गम्भीर मत भेद भएर पार्टीबाट निश्कनु परेको झुटो र आधारहिन आक्षेप आलापी रहदा सिद्दान्तत माक्शबाद , लेनिनबाद हुदै माओबादमा मात्र सघुरिएर नया जनबाद ,समाजबाद र साम्यवादको उदेश्यमा समेत ओठे प्रतिबद्दता बाहेक त्यसकालागि तात्कालिन कार्यदिशाको सवालमा समेत प्रष्ट धारणा बनाउन नसकेर तत्काल सशस्त्र युद्दमा पनी नजाने, आगामी चुनाब मा पनी भाग नलिने र सम्बिधानसभा पनी पुनर्जीवित नगर्ने भन्नुले दिशा बिहिन र फुटबादी मुकुण्डो नै उदांगिएको छ | मुख्यत यो समुह मात्र व्यक्तिगत रिस र आबेगमा आएर बुर्जुवा बर्गको पक्ष पोषण गर्ने गम्भिर भुल गरेको कुरालाई नै प्रस्ट पारेको छ |
         
तरपनि हामीले माक्शबादी बर्गीय आधारमा विश्लेषण गर्दै आगामी दिनमा सो समुहले निर्धारण गर्ने एजेन्डाको आधारमा फेरिपनि एकता र सहकार्यलाई यथाबत राख्दै पार्टी एकताको ढोका खुल्ला राख्नु पर्छ भन्ने हाम्रो ठहर छ | बैद्य समुहले अगाडी सारेको एकताको सम्भावनालाई समेत मध्य नजर गरेर हाम्रो गौरबशाली नेत्रित्वले एकताको लागि गरेको निरन्तरको पहल र कोसिशको उच्च सम्मान गर्न चाहन्छौ | देश र जनताको जितलाई मुख्य बिन्दुमा राख्दै व्यक्तिगत पद-प्रतिष्ठालाई त्याग्न सक्ने हो भने हाम्रो एकता सम्भब छ, भन्ने हामीलाई बिश्वाश छ | त्यसैले हामी सबैले पार्टीलाई एकताबद्द बनाउन दबाब सिर्जना गरौ र फुटको घोर भर्त्सना गर्दै केहि समय भ्रममा पारिएका आम क्रान्तिकारी नेता देखि कार्यकर्तालाई यी सम्पूर्ण बिषयमा बिगत देखि बर्तमान सम्म हामीलाई भन्दै आएको फुटको कारण र आगामी यो समुहले निर्धारण गर्ने कार्य दिशामा समेत लेख-जोखा गर्दै भ्रममा नपरी एकिकृत नेकपा माओबादीमा फर्कन र हाम्रो एकतालाई कम्जोर नबनाउनु हुन समेत आवहान गर्दछौ | एकता बद्द शक्तिले गर्न नसकेको क्रान्ति कुनै झुण्डले गर्न सक्छ भन्नु केहि छिनको आवेग र उग्रता बाहेक अरु केहि हुदैन भन्ने बैज्ञानिक बर्गीय यथार्थतामा प्रष्ट हुदै, सम्पूर्ण क्रान्तिकारीहरुको एकता बद्द शक्तिले मात्र हाम्रा महान सहिद ,नेपाली जनता र बिश्व सबहरा बर्गको  क्रान्तिलाई सफल पार्न सक्छ भन्ने आशा र बिश्वाश सहित हाम्रो एकिकृत ने.क.पा.माओबादीको गौरबशालि नेतृत्वमा यो महान जिम्मेवारी सफल हुन्छ भन्ने पूर्ण बिश्वाश व्यक्त गर्दछौ ! धन्यवाद !
क्रान्तिकारी अभिबादन सहित !

महासचिब                                                                                             अध्यक्ष 
श्याम "शंकल्प "                                                                                  उतम अधिकारी
                                 नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.

Posted by Butwalonline on 6:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलीज:नेपाली जनप्रगतिशील मंच , यू.ए.ई. को प्रेश बिज्ञप्ति"

Leave a reply