त्रिभुवन विश्व विद्यालयको स्ववियु कार्यालयमा आगजनि
काठमाण्डौं असार १६ - त्रिभुवन विश्व विद्यालय केन्दि्रय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन कार्यालयमा अज्ञात समूहले आगजनि गरेको छ । आगालागिबाट २०२१ साल देखिका अहिले सम्मका कागजपत्र, कम्प्युटर, फर्निचर लगाएतका सबै सामान जलेर नष्ट भएका छन् । त्रिवि नियमावलीमा २०३६ सालदेखी मात्रै स्ववियुको प्राबधान भएपछि त्यहाँ २०२१ सालमै विद्यार्थीहरुले स्ववियु निर्माण गरेका थिए ।
गयराति पौने १० बजेतिर ३०- ४० जनाको संख्यामा आएको समूहले आगाजनि गरेको स्ववियु सदस्य यमनाथ गिरीले जानकारी दिनुभयो ।
सो समूहले अर्थशास्त्र विभागमा पनि सामान्य तोडफोड गरेको छ । शुक्रबार साँझ अर्थसास्त्र विषयको परीक्षाफल सार्बजनिक भएको र रातीनै आगजनि भएकाले अर्थशास्त्रका विद्यार्थिमाथी संका गरिएको छ ।
समाचार ऑनलाइन खबर बाट
