प्रेस रिलीज :दोषि माथि हदैसम्मको कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग
२०६९ जेठ २७
प्रेस विज्ञप्ती
मुलुकको राजनीतिक अस्तिरताले गर्दा अराजकताको श्रृङखला विभिन्न रूपमा देखिन थालेको छ । राजधानी शहर काठमाडौ भित्र सर्वोच्च अदालतका न्यायधिशको गोलीहानी हत्या भएको खवर सेलाउन नपाउदै हिजो २०६९ जेष्ठ २६ गते काठमाडौाको नया वजारमा हाम्रो संगठन अनेरास्ववियु अस्कल क्याम्पस कमिटीका उपाध्यक्ष क. वसन्त शाही माथि गोलि प्रहार भएको घटनाले अराजकता, अस्थिरता र हिंसाको जगजगी दिनदिनै वढ्दै गएको कुरा थप स्पष्ट भएको छ । देशको राजधानी भित्र आधुनीक हतियारको प्रयोग गरि मच्चाईरहेको हिंसाको श्रङ्खला देख्दा सुरक्षाको जिम्मेवारी पाएको सरकार पूर्ण रूपमा असफल भएको देखिन्छ ।
अस्कल क्याम्पसमा हाम्रो संगठनका उपाध्यक्ष वसन्त शाही माथी भएको गोलि प्रहारको घटना पश्चात हामीले राज्यको अनुसन्धानलाई सहयोग पुर्याउने र दोषी माथि कडा कारर्वाही गर्न हिजो नै सम्वन्धित निकायसाग जोडदार माग गरेका थियौ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी जारी गरेको विवरणवाट घटनामा संगठनका केन्द्रिय सदस्य तथा अस्कल स्ववियुका उपसभापती वीर वहादुर राउत र क्याम्पस कमिटीका सदस्य मुकेश नेपाली समेतको संलग्नताको आशंका गरेकोले प्रहरीको अनुसंन्धानलाई सहयोग पुर्याउन कुनै प्रकारको राजनीतिक प्रभाव नपरोस भनि उल्लेखित कमरेडहरूलाई आजकै मितिवाट संगठनको साधरण सदस्यता समेत नरहने गरी निलम्बन गरिएको जानकारी गराउदछौ । साथै घटनामा प्रमुख अभियुक्तको रूपमा आशंका गरिएका मनोज खत्रीलाई तुरून्त पक्राउ गरी निश्पक्ष छानविन मार्फत दोषि माथि हदैसम्मको कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ।
हार्दिक अभिवादन सहित !
माधव ढुङ्गेल
अध्यक्ष
