|

नेपाली जनसम्पर्क समिति युएईले तीज कार्यक्रम गर्ने तयारी



नेपाली जनसम्पर्क समिति युएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितिले महिला दिदीबहिनिहरुको बिशेष चाड हरितालिका पर्ब (तीज )कार्यक्रम मिति २०१२ सेप्टेम्बर ०७ फ्राइडेका दिन अबुधाबिको एक रेस्टुरेन्टमा सम्पन्न गर्ने निर्णय गरेको छ |समितिका सभापति कृष्ण गौतमको सम्योजकत्वमा गठन गरिएको तयारी समितिमा बिभिन्न उपसमिति समेत गठन गरिएको छ,जसमा साबिया क्षेत्रको लागि उपसभापति बिदेन्सु राजबम्सी,मुसफा क्षेत्रको लागि टक बहादुर गुरुङ,अबुधाबी क्षेत्रको लागि कोषाध्यक्ष सोम बहादुर थापा मगरलाई सह-सम्योजकको रुपमा तोकिएको छ भने अन्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई मुल समितिमा राखिएको छ |
समितिका केन्द्रिय सभापति चित्र बहादुर केसिको प्रमुख आथीत्यमा सम्पन्न बैठकमा महामन्त्री मिन रानाभाट,सह-महामन्त्री चन्द्र सारु मगर।केन्द्रिय सदस्य तथा खेल्कुद बिभाग प्रमुख दान बहादुर जिसी,महिला केन्द्रिय सदस्य बिमला सापकोटा लगायत समितिका अन्य सदस्यहरुको उल्खेनिय सहभागीता रहेको थियो |जनसम्पर्क समिति गठन भएदेखि समितिले युएईमा यस्ता बिबिध कार्यक्रम गर्दै आईरहेको छ,बिगत बर्ष पनि महिला दिदीबहिनिहरुको बिशेष चाड तीज को कार्यक्रम अबुधाबिकोहोटल कोन्टिनेन्टलमा भब्यताका साथ सम्पन्न गरेको थियो |बिगतको दर्सक महानुभाबहरुको चापलाई मध्यनजर राखेर यसपाली बिशेष ब्यबस्थापन गरी दर्सक हरुलाई भरपुर मनोरन्जन दिन समिति कटीबद्द रहने कुरा आयोजकले जनाएको छ |
नेपाली जनसम्पर्क समिति गठन भएको छोटो समयमा नै समितिले सगठन बिस्तारलाई तिब्रता दिनुको साथै सास्क्रिति कार्यक्रम गरेर नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई मनोरन्जन दिलाउनुको साथै,खेलकुदको क्षेत्रमा समेत उल्खेनिय सफलता प्राप्त गरेको छ |यो तीज कार्यक्रमलाई सफल बनाउनको लागि युएईमा रहनु हुने सम्पूर्ण महिला दिदीबहिनी लगायत दाजु भाईहरुलाई समेत बिशेष अनुरोध गरेको छ साथै  सबै संघ सस्था लगायत सबै प्रबासमा रहनु हुने महिला दिदीबहिनिहरुको बिशेष चाड भएकोले सबै उपस्थिति भई कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन नेपाली जनसम्पर्क समिति हार्दिक अनुरोध गर्दछ |

Posted by Anonymous on 6:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली जनसम्पर्क समिति युएईले तीज कार्यक्रम गर्ने तयारी"

Leave a reply