|

तानसेन गुठी समन्वय समितिको सक्रियतामा सरसफाई अभियान

तानसेन,पाल्पा जेष्ठ २८ - पाल्पाको तानसेन मा अबस्थित  शितलपाटी को परिसर मा रहेको बगौचाको  सरसफाई  गरिएको छ | पाल्पा उद्योग वाणिज्य संघको सक्रियतामा निर्माण भएको सो शितलपाटी बगौचाको  सरसफाई  तानसेन गुठी समन्वय समितिको संयोजक सर्जुलाल बज्राचार्यको सक्रियातामा गरिएको थियो |  सरसफाई   कार्यक्रम मा   सचिव राजेश्वर उदय, कोषाध्यक्ष गोपाल प्रसाद श्रेष्ठ, सदस्यहरु भूगोल वैंजू, राजेन्द्र गोपाल सिंह, देवेन्द्र प्रधान, दिपेन्द्र थैव, लगायेत  अन्य सर्वसाधारणहरुको पनि  सहभागिता थियो |  सचिव राजेश्वर उदय का अनुसार सबै तानसेनबासीहरुले पनि बगौचाको संरक्षण गर्नु पर्छ भन्ने उद्धेश्यले बगैचामा उम्रेका घासले फोहरो भएको महसुस गरि  हिजो बिहान सरसफाई गरिएको हो  । यसरी नै पाल्पा मा  भएका अन्य संघ संस्थाहरुले पनि सक्रिय सहभागि भई शितलपाटी बगैचाको नियमित सरसफाई हुन सकेकामा सायद शिलपाटी अनि संपूर्ण पाल्पालीबासिहरुको मानसिक सुन्दरता प्रस्तुत हुने थियो की ।  






Posted by Butwalonline on 6:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तानसेन गुठी समन्वय समितिको सक्रियतामा सरसफाई अभियान"

Leave a reply