नोकिया ११० मोडलको दुई सिम लाग्ने नयाँ सेट बजारमा
काठमाडौं , जेष्ठ २८ - नोकियाले ११० मोडलको दुई सिम लाग्ने नयाँ सेट बजारमा ल्याएको छ । यसमा छिटो इन्टरनेट, इमेल, सोसियल नेटवर्क चलाउन सकिने कम्पनीको दाबी छ । यसमा एप्स, गेमहरू, सोसियल नेटवर्किङ र ब्राउजिङको रमाइलो अनुभव हुने जनाइएको छ ।
यसमा रहेको सरल स्वाप डुएल सिमले मोबाइल अफ नगरी एउटा सिमबाट अर्को सिममा स्विच गर्न सकिने सुविधा छ । ३२ जीबीसम्म मेमोरी सपोर्ट गर्ने यो मोबाइलमा गीतहरू स्टोर गरेर २६ घन्टासम्म हेडसेट लगाएर गीत सुन्न सकिने जनाइएको छ । यसमा भिडियो प्लेयर र इन्हान्स्ड स्टेरियो एफएम रेडियोसमेत छ । यसको मूल्य ४ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।
समाचार कांतिपुर बाट
समाचार कांतिपुर बाट

