|

प्रेश बिज्ञप्ती



        मिति: २०६९/०३/५ 
प्रेश बिज्ञप्ती
बिद्युतद्धारा सूचना उपलब्ध

नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रले नेपालगञ्जमा लोडसेडिंग नभएता पनि प्राबिधिक कारणले गर्दा बिद्युत कटौती गर्ने गरेको बताएकोछ ।

बागेश्वरी असल शासन क्लब (बास) ले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिभिन्न सुचना माग गर्दै जेष्ठ ३० गते दर्ता गराएको निबेदनको उत्तर दिदैं बिद्युतले सो जानकारी दिएको हो ।

  बासले निबेदन दर्ता गर्दै लोडसेडिंग नेपालगञ्जमा छ कि छैन ?, छ भने कहिले देखि ? छैन भने झ्याप्प, झ्याप्प बत्ति किन जान्छ ?, एक दिनमा कति घण्टा बत्ति जान्छ ? सो को सूचना उपभोत्तालाई अग्रिम किन दिईंदैन ?, यस्तो समस्या कहिले सम्म हो ? सो को सूचना मागेकोथियो । जसको उत्तरमा बिद्युतले बााके जिल्लामा राष्ट्रिय ग्रिड कोहलपुर शबस्टेशन तथा भारत नानपाराबाट बिद्युत आपूर्ती भईरहेको जनाउादै नेपालबाट आपूर्ती भईरहेको बिद्युतमा पूर्ब घोषित तालिका अनुसार लोडसेडिंग हुने गरेको र अन्य क्षेत्रमा घोषित लोडसेंिडग नभएको जनाएकोछ । उसले बिद्युतको माग क्षमता भन्दा बढि भएको, नेपालगञ्ज क्षेत्रमा आपूर्ती गर्नु पर्ने बिद्युत शक्ति उच्चतम रहेको र उक्त क्षमता जडित पूरानो तारमा लगातार प्रबाह गर्दा लाईन क्षतिग्रस्त भई तार टुट्न सक्ने भएकाले बिद्युत आपूर्ती बन्द गरेको बताएकोछ । सुचना दिदैं बिद्युतले समय, समयमा बिभिन्न लाईनहरुमा लोड थपघट गर्नु परेकाले बत्ति जाने नजाने बारे अग्रिम सुचना दिन नसकिने बताएकोछ । 


  त्यसैगरी बासले बिद्युतको सुचना अधिकृतको नाम माग्नुका साथै नागरिकहरुका गुनासो सुन्नका लागि गुनासो सुन्ने अधिकारी तोकिएको छ कि छैन ?, तोकिएको छैन भने किन तोकिएको छैन, तोकिएको छ भने नाम के हो ? गुनासो सुनुवाई कसरी गर्ने गरिएकोछ भन्दै जवाफ मागेकोछ ।
 
त्यस्तै नागरिक बडापत्रको अवस्था, अध्यावधिक गरे, नगरेको अबस्था, नागरिक गुनासो पेटिकाको अबस्थाका बारेमा सूचना मागिएको निबेदनमा बिद्युतमा सोधपुछ गर्नका लागि वा गुनासो गर्नका लागि सम्पर्क गर्ने टेलिफोन नम्बर समेत मागिएको थियो । जसको उत्तरमा नागरिक बडापत्र अध्यावधिक रहेको, गुनासो पेटिका कार्यालयको मूख्य भवनको तल्लो तलमा रहेको, सुचना अधिकृत प्रशासकिए अधिकृत लक्ष्मेश्वर राउतलाई तोकिएको जनाएकोछ ।

६ बुादे सुचना मागिएको सो निबेदनको अन्तमा उपभोक्तालाई थाहा भएका टेलिफोन नम्बरहरु ५२०२४२, ५२०२४३ लगाएतका नम्बरहरु बत्ति जाने बित्तिकै होल्डमा राखिने कारणले गर्दा व्यस्त हुने गरेको गुनासो आउने गरेकाले सो को सत्यता के हो ?, ति टेलिफोनहरु रिसिभ गर्ने कर्मचारीलाई कसरी बोल्ने, के बोल्ने भन्ने कुरा किन सिकाईंदैन सो को समेत सुचना मागिएको थियो, सो को उत्तरमा बिद्युतले बिभिन्न टेलिफोन नम्बरहरु गुनासो वा सोधपुछगर्नका लागि सम्पर्क गर्न सकिने भन्दै उपलब्ध गराएकोछ । जसमा ५२०२४७, ५२३१४३, ५२३१४१, ५२०२४३, ५२१४७९, ४२३२४२ छन् । त्यस्तै उपभोक्तालाई थाहा भएका नम्बरहरु होल्डमा राख्ने नगरिएको र उनीहरुलाई शिष्टाचारपूर्ण व्यवहार गर्न निर्देशन दिएको जानकारी बासलाई उपलब्ध गराएकोछ । सो सुचना बितरण केन्द्र प्रमुख पुष्पराज पन्तले उपलब्ध गराएका हुन् ।

....................
हेमराज भट्ट
प्रबक्ता, बास

Posted by Butwalonline on 6:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेश बिज्ञप्ती"

Leave a reply