|

पोखरा–ताङतिङ–याङ्जाकोट भ्रमण टोली फर्कियो


पोखरा, ५ असार । पर्यटन पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा–ताङतिङ–याङ्जाकोटको अवलोक भ्रमणमा निस्कीएको पत्रकारहरूको टोली मंगलबार फर्किएको छ ।

आइतबार पोखराबाट त्यसतर्फ प्रस्थान गरेको ११ सदस्यीय टोली सिल्दजुरेको सवि, नामार्जुङ गाविसको पर्यटकीय गााउ ताङतिङ हुादै थुमाकोडााडा गाविसको याङ्जाकोट पुगेर तीन दिनपछि पोखरा फिर्ता भएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित अवलोकन भ्रमणमा राष्ट्रिय एवं स्थानीय संचारमाध्यममा कार्यरत १० जना पत्रकारहरू सम्मिलित थिए । टोलीमा ताङतिङको हिमालय मिलन माविका प्रधानाध्यापक प्रकाश गुरूङको पनि सहभागिता रहको थियो ।

टोलीले ताङतिङमा पुगेर होम स्टेको व्यवस्थापन, पुर्वाधारहरूको अवस्था, पर्यटकीय आकर्षणको क्षेत्रका बारेमा स्थानीय आमा समुह, होम स्टे व्यवस्थापन समिति, युवा क्लव एवं समाजसेवीहरूसाग छलफल गरेको थियो ।  आइतवार ताङतिङमा बास बसेको उक्त टोली सोमवार थुमाकोडााडा गाविसको पर्यटकीय गााउ याङ्जाकोट पुगेको थियो ।

 टोलीले याङ्जाकोटमा होम स्टे सञ्चालन र विस्तारको संभाव्यता, पुर्वाधारहरूको विकासका बारेमा एक्याप, आमा समुह, युवा क्लवका प्रतिनिधी एवं स्थानीय समाजसेवीहरूसाग छलफल गर्‍यो । सोमबार याङ्जाकोटमा बसेको टोली मंगलबार कालिका गाविसको भैंसै हुादै पोखरा फर्किएको हो ।

बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमन बृद्धि हुने मौसम सुरु हुनु अघि पर्यटकीय स्थलहरुको प्रचारप्रचार गर्ने उद्देश्यले भ्रमणको आयोजना गरेको मञ्चका अध्यक्ष विभु भुषालले बताउनुभयो । वर्षाको मौसममा ट्ेरकिङ गर्नु कष्टकर भएपनि यात्रा एकदमै फलदायी भएको समेत अध्यक्ष भुषालले जानकारी दिनुभयो ।


Posted by Butwalonline on 7:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरा–ताङतिङ–याङ्जाकोट भ्रमण टोली फर्कियो"

Leave a reply