|

दुबईमा नेपाली समाज युएईद्धारा अन्तरक्रिया कार्यक्रम गरिने

लालबहादुर ढेंगा,दुबई,युएई-आगामी २९ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली समाज युएईले युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुका साथ अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । सो अन्तरक्रिया कार्यक्रम खासगरी तीनवटा एजेण्डामाथि छलफल गर्नको लागि आयोजना गर्न लागेको हो । जसमा १. सम्मान कार्यक्रम, २. अमर बचाऊ  अभियान र ३. विभिन्न समसायिक बिषयहरु रहेका छन् ।

सन् १९९० मा प्रवासी नेपालीहरुलाई आइपर्ने समस्याको समाधान गर्ने हेतुले स्थापना भएको सबैभन्दा पुरानो र माउं संस्थाको रुपमा रहेको नेपाली समाज युएईले युएईस्थित संचालनमा रहेको लगभग ८० वटा संघ संस्थाहरुको प्रतिनिधितत्व गर्दै आएको छ । छाता संस्थाको रुपमा भएको नाताले सम्पूर्ण नेपाली संघ संस्थालाई समेट्दै युएईस्थित रहेको नेपाली राजदूतावाससंग पनि राम्रो समन्वय गर्दै आइरहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा एनआरएन आईसीसीका संरक्षक देवमान हिराचनले विश्वमा रहेका नेपालीहरुको लागि दिएको अमूल्य योगदानलाई कदर गर्दै उहांलाई विशेष सम्मान पनि गरिने भएको छ। आफ्नो सामाजिक कार्यको सिलसिलामा दुबईमा आउने क्रममा उहांलाई सम्मान गरिने योजना रहेको नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनु भएको छ ।
सो अन्तरक्रिया कार्यक्रम खासगरी मृत्युदण्ड पाएका दार्चुलाका अमरबहादुर बमलाई कसरी बचाउने र "अमरबहादुर बम बचाऊ" अभियानलाई अझै तिव्र रुप दिनको लागि गरिन लागेको हो भने वरिष्ठ समाजसेवी तथा एनआरएन आईसीसीका संरक्षक देवमान हिराचनलाई उहांले गरेको कार्यप्रति कदर गर्दै सम्मान गरी मनोबल बढाई दिन लागेको हो । युएईस्थित कार्यरत अन्य विभिन्न नेपाली संघ संस्थाहरुसंग सहकार्य गर्दै प्रवासी नेपालीहरुलाई आइपर्ने समस्याको समाधान गर्नलाई गरिन लागेको हो।नेपाली समाज युएईको आयोजनामा सम्पन्न हुन गइरहेको अन्तरक्रिया कार्यक्रममा युएईमा सक्रिय रहेका समाजसेवी,बुद्धिजीवि, व्यावसायी,साहित्यकार,कलाकार,पत्रकार र सर्वसाधारणलाई यसै समाचारलाई निमन्त्रणा मानेर उपस्थित हुनको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

Posted by Butwalonline on 2:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा नेपाली समाज युएईद्धारा अन्तरक्रिया कार्यक्रम गरिने"

Leave a reply