|

बेरोजगार भएपछि स्नातक तहमा अध्यनरत् युवाद्वारा आत्महत्या

पर्सा (वीरगन्ज), जेठ २६- चारैतिर जागिरका लागि धाउँदा पनि सफल नभएपछि यहाँका एक युवा आत्महत्या गर्न बाध्य भएका छन्। महोत्तरी जिल्ला स्थायी घर भई वीरगन्जको रानीघाटमा डेरा लिइ बसेका २८ वर्षीय प्रवीण भट्टले गएराति डेरामा नै विषसेवन गरी आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ। 


साथी आशीष तिवारीसँग डेरामा बसेका भट्ट तिवारी काममा गएको समयमा  विष सेवन गरेर आत्महत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए। 
प्रहरीले अनुसन्धानका लागि उनका साथी तिवारीलाई पनि नियन्त्रणमा लिएको छ भने उनको शव हाल पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। उनी वीरगन्जको ठाकुरराम क्याम्पसको स्नातक तह पहिलो वर्षमा अध्यनरत् थिए।  - रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 1:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेरोजगार भएपछि स्नातक तहमा अध्यनरत् युवाद्वारा आत्महत्या"

Leave a reply