|

कांग्रेस एमालेको काठमाण्डौमा आज शक्ति प्रदर्शन

काठमाडौं, जेठ २६ - सरकारले घोषणा गरेको संविधानसभाको चुनावविरुद्ध कङ्ग्रेस, एमालेसहित २२ दलको विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शनसहित खुलामञ्चमा संयुक्त विरोध सभा गर्ने तयारी गरिरहेको छ। संयुक्त आमसभालाई उनीहरुले प्रथम चरणको आन्दोलन भनेका छन्।
आमसभा अघि राजधानीका विभिन्न ठाउँबाट अलग अलग दलले अलग अलग र्‍याली निकाल्दै छन्।कङ्ग्रेस नेतृत्वमा सुन्धारा, एमाले नेतृत्वमा भृकुटीमण्डप, चुरेभावरको पुतलीसडक न्यूप्लाजा, नेकपा (माले)को गौशाला, जनता दलको लैनचौर तथा अन्य साना दलहरूको भद्रकालीबाट एकसाथ र्‍याली निस्कँदैछ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 10:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कांग्रेस एमालेको काठमाण्डौमा आज शक्ति प्रदर्शन"

Leave a reply