गुगल म्यापमा देखिने चित्रहरु अब ३ डी प्रविधिमा हेर्न सकिने
इन्टरनेट कम्पनी गुगलले गुगल म्यापको नयाँ संस्करण बजारमा ल्याउने भएको छ । यस अन्तरगत अब गुगल म्यापमा देखिने चित्रहरु ३ डी प्रविधिमा हेर्न सकिने छ ।
गुगलले अहिलेपनि गुगल म्याप सेवा प्रदान गरिरहेको भएपनि यसमा चित्र तथा नक्साहरु २ डी अर्थात् लम्बाइ र चौडाइको दुइ आयाममा मात्र हेर्न सकिन्छ । तर नयाँ संस्करणपछि गुगल म्यापमा चित्रहरु तिन आयाम अर्थात् लम्बाइ चौडाइ र मोटाइमा हेर्न सकिनेछ । गुगल म्यापको थ्री डी संस्करण निकै लोकपि्रय बन्ने र करोडौँ मानिसले यसको प्रयोग गर्ने गुगलको दाबी छ ।
पछिल्लो समयमा कर्मचारीको बहिर्गमन तथा एप्पलले गुगल म्यापको प्रयोग बन्द गरेको घटनाबाट चिन्तित बनेको गुगलले आफ्नो चित्र प्रविधिमा नयाँ आयाम थपेर विश्वास आर्जन गर्ने प्रयास गरेको विश्लेषकहरुको ठम्याइ छ । बुधबार गुगलका अधिकारीहरुले अमेरिकाको सन
सन फ्रांन्सिस्कोमा गुगलम्यापको थ्री डी संस्करणको प्रदर्शन समेत गरेका छन् ।
गुगल म्यापका कार्यक्रम व्यवस्थापक पीटर बर्चले आफुहरुले एउटा जादुमय चीज बनाएको भन्दै त्यसको तुलना सुपरम्यान सँग गरेका छन् । अबका केही हप्ताभित्रैमा यो सेवा एन्ड्रोइड र अन्य स्मार्टफोनमा उपलब्ध हुनेछ ।
साभार ऑनलाइन खबर
साभार ऑनलाइन खबर

